Gorkha Sansar

पालुङटार काँग्रेसमा केन्द्रकाे हस्तक्षेप, स्थानीय उम्मेदवारले दिए राजीनामा

पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पद छाडेको खण्डमा कोही पनि चुनावमा सहभागि नहुने भन्दै उमेद्वारहरुले नेपाली कांग्रेसको नगरपाटी कार्यालयमा राजिनामा बुझाएका छन् ।

आइतबार कांग्रेसबाट मेयर पदका उम्मेदवार दिपकबाबु कंडेललाई उमेद्वारी फिर्ता लिन केन्द्रिय समितिले दबाब दिएपछि असन्तुष्टि जनाउदै कार्यकर्ता आन्दोलित भएका हुन् ।

कांग्रेसले मेयर पद फिर्ता लिने हो भने नगर÷वडामा दिएको सबै उम्मेदवारी फिर्ता लिने र पार्टीबाट राजिनामा दिने उमेद्वारहरुले चेतावनी दिएका छन् । नेपाली कांग्रेस केन्द्रिय समितिले कार्यकर्ताको भावना विपरीत जनता समाजवादी पार्टीलाई मेयर पदमा सघाउन गरेको निर्णय प्रति कार्यकता आक्रोशित छ ।

No description available.
No description available.
No description available.
No description available.

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.