Gorkha Sansar

पालुङटार कांग्रेसका मेयरमा तालमेल गर्ने हाई पावर असफल

गोरखा, स्थानीय चुनाव को लहर चलिरहेको बेला गोरखामा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको दवावमा गोरखाका दुई नगरमा चुनावी तालमेलको असफल प्रयास भएको छ ।

गठबन्धन नहुने र मित्रबत प्रतिस्पर्धा गर्ने निणयको साथ गोरखामा गठ बन्धन दलहरु आ-आफ्नै तरिकाले उमेदवारी दर्ता गरेका थिए ।

माओवादी र जसपाको किचलो को कारण जिल्ला भर गठ बन्धन हुन सकेको थिएन ।

उमेदवारी फिर्ता लिने अन्तिम समयमा आएर केन्द्रबाट पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको दवावमा पालुङटार नगरपालिका मेयर जसपालाई दिने र गोरखा नगरपालिका मेयर कॉंग्रेसलाई सहयोग गर्ने गरी शेर बहादुर देउबा को ठाडो हस्तक्षेप मा निणय भए ता पनि ।
उमेदवार को फिर्ता लिने समय गुज्रीसकेपछी केन्द्र बाट गएको मेलका कारण कॉंग्रेस पालुङटार मेयर उमेदवार दिपक बाबु कंडेलको उमेदवारी जोगिएको छ ।

गत निर्वाचनमा निर्वाचित भएको बलियो उमेदवार हुन ।
उमेदवार दिपक बाबु कंडेल ।

आफुले जितेको नगरपालिकालाई नगरवासीको चाहाना बिपरीत भट्टराईले ठाडो पावर लगाएर कॉंग्रेसको जनमत माथी आक्रमण गर्नु र आफ्नो प्रभुत्व देखाउन खोज्नु फलदायी नहुने पालुङटार बासी कॉंग्रेस जनको आक्रोस छ ।

इन्जिनियर समेत रहेका दिपकबाबु कंडेल यस अघि पनि पालुङटार नगरपालिकाका मेयर हुन् । २०७४ मा उनले माओवादीका उम्मेदवारलाई हराउँदै बिजयी बनेका थिए ।

देउवाले उम्मेदवार फिर्ता बोलाउने पत्र निर्वाचन अधिकृतको कार्यालय पालुङटारमा नभई मूख्य निर्वाचन अधिकृतको कार्यालय गोरखामा पठाए । पाँच बजे भित्र पालुङटार जानुपर्ने उम्मेदवारी फिर्ताको पत्र ५ः५० मा मात्र आईपुगेको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए ।

‘५ बजे भित्र पत्र आएको भए उम्मेदवारी फिर्ता हुन्थ्यो, हामीले नाम सार्वजनीक गरेपछि पत्र पाएका छौँ’ उनले भने ‘उम्मेदवारी कायम छ ।’ पत्रमा निर्वाचन अधिकृतको कार्यालय पालुङटारलाई संवोधन गरिएको छैन ।

समयमै आधिकारिक पत्र निर्वाचन अधिकृतको कार्यालयले प्राप्त नगर्दा देउवाले फिर्ता लिएका मेयर कंडेलको नाम अन्तिम नामावलीमा टाँस गरिएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ (५) मा उल्लेख भए अनुसार केन्द्रिय समितिले उम्मेदवार फिर्ता बोलाउन सक्ने ब्यवस्था छ ।

अन्तिम नामावलीमा नाम टाँस भएकाले अब निर्वाचन प्रक्रियामा सहभागी हुनुको बिकल्प नरहेको मेयर पदका उम्मेदवार दिपकबाबु कंडेलले बताए ।

मेयर पदका लागि पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट कंडेल सहित नेकपा एमालेका हरि भट्ट, माअाेवादी केन्द्रबाट बिबश चिन्तन अजय, जसपाबाट प्रेम गुरूङ र स्वतन्त्र बाट रामचन्द्र काफ्ले, राप्रपा का गाेपालबहादुर थापा, समाजवादीका शिवराज पाैडेलसहित १० जना को उमेदवारी रहेकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.