Gorkha Sansar

गोरखामा नक्कली सुन देखाई ठगी गर्ने तीनजना प्रहरीद्वारा पक्राउ

गोरखामा नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभा चिचिला गाउँपालिका वडा नं १ का ५२ वर्षीय जुर्णबहादुर गुरुङ, बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं ९ का ४४ वर्षीय जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका वडा नं १ का ४१ वर्षीय गान्दिप कुमार बस्नेत पक्राउ परेका डिएसपी लिलाराज लामिछानेले बताए ।

गोरखा नगरपालिका वडा नं ६ घ्याम्पेसालचोकबाट शंकास्पद अवस्थामा शुक्रवार उनीहरुलाई पक्राउ गरिएको उनले बताए । सादा पोशाकमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुबाट पहेलो रंग लगाएको सुन जस्तो देखि धातु फेला परेको प्रहरीले जनाएको छ ।

फलामको टुक्रामा सुनको जस्तो देखिने पहेलो रंग लगाई बाटोमा सुन फेला परेको जस्तो भान पारी सिधा–साधा महिलाहरुलाई फकाई, छक्काएर उनीहरुसँग सुनका गरगहना तथा नगद रुपैयाँ ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खलेको डिएसपी लामिछानेले बताए ।

गोरखामा अहिले सम्म पाँच जना पिडितले ठगी कसूर मुद्धामा जाहेरी दरखास्त दिएका छन् । पिडित पाँच जनाबाट आठ तोला ६५ लाल बराबरको सुनका गरगहना, एक थान मोबाईल र ३१ हजार नगद ठगी गरेको लामिछानेले बताए ।
पक्राउ परेको तीन जनालाई आइतबार ठगी कसूर अन्र्तगत मुद्धा दर्ता गरी जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.