Gorkha Sansar

अखिल नेपाल महिला संघको जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा पार्वती पाठक

नेकपा एमालेको भगिनी संस्था अखिल नेपाल महिला संघको जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा पार्वती पाठक सर्वसम्मत चयन भएकी छन् । बिहिबार जिल्ला सदरमुकाममा सम्पन्न अनेमसंघको भेलाले पाठकको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

जसको उपाध्यक्षमा रेणुका न्यौपाने सचिवमा लुना थापा, सहसचिवमा चन्द्रमाया तामाङ र कोषाध्यक्षमा कल्पना नेपालीलाई चयन गरेको छ ।

निर्माण व्यवसायी संघको सभाहलमा सम्पन्न अनेमसंघको भेलालाई प्रमुख अतिथि नेकपा एमालेकी केन्द्रीय सदस्य तथा अनेमसंघको गण्डकी प्रदेश इञ्चार्ज टुका हमाल, एमाले केन्द्रीय सदस्य तथा अनेमसंघकी प्रदेश सचिव सीता सुन्दास, पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इञ्चार्ज रामशरण बस्नेत, केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज सम्झना देवकोटा, पार्टीका जिल्ला अध्यक्ष प्रेम गुरुङलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.