Gorkha Sansar

गाेरखाका सबै स्थानीय तहका लागि निर्वाचन अधिकृत ताेकिए, कुन पालिकामा काे ?

गोरखा ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले गोरखाका ११ वटा स्थानीय तहमा निर्वाचन अधिकृत ताेकेकाे छ ।

निवाचन आयोगले देशैभरि निर्वाचन अधिकृत परिचालन गरेसगैँ जिल्लाका दुइ नगरपालिका र ९ गाउपालिकामा निर्वाचन अधिकृतको नाम तए गरिएको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुनेगरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार गोरखाको आरुघाट गाउँपालिकाका लागि श्रीधर गौतम, अजिरकोट गाउँपालिकाका लागि कमलराज भण्डारी,  गण्डकी गाउँपालिकाका लागि बासुदेव रेग्मी, चुमनुव्री गाउँपािलकाका लागि नानीबाबु पोखरेल, धार्चे गाउँपालिकाका लागि निराजकुमार खत्री, भीमसेनथापा गाउँपालिकाका लागि खिमानन्द गौतम, शहीदलखन गाउँपालिकाका लागि जीवन प्रसाद आचार्य, सिरान्चोक गाउँपालिकाका लागि डोलनाथ न्यौपाने, बारपाक सुलिकोटका लागि शेषकान्त पौडेल निर्वाचन अधिकृत तोकिएका छन् ।

गोरखा नगरपालिकाका लागि दिनबन्धु बराल र पालुङटार नगरपालिकाका लागि गोकर्णराज पन्त तोकिएको आयोगले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.