Gorkha Sansar

पालुङटार ७ मा दाेश्राे वडा कप ८ ए साइड फुटबल प्रतियाेगिता शुरूः अाज २ खेल सम्पन्न

गाेरखा, फागुन ११

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा वडा स्तरीय 8A साइड फुटबल प्रतियाेगिता अाजदेखि शुरू भएकाे छ । वडा नं. ७ च्याङली बिरूवाटार स्थित खेलमैदानमा भएकाे कार्यक्रममा अाज २ खेल सम्पन्न भएका छन् ।

 पूर्णेपिपल युवा क्लब बी र खाल्टे धारापानी युवा क्लब बीच अाज भएकाे  पहिलाे खेलमा पूर्णेपिपल युवा क्लबका भीष्म कुमालले १ गाेल गरेसँगै १- ० गाेलअन्तरले  जित हात पारेकाे थियाे । साे खेलमा कुमाल म्यान अफ द म्याच समेत घाेषित भएका थिए । त्यस्तै रियल सनस्टार युवा क्लब ए र पूर्णेपिपल युवा क्लब ए बीच भएकाे दाेश्राे खेलमा रियल सन स्टार युवा क्लबले जित हासिल गरेकाे थियाे । रियल सन स्टारका खेलाडी सुवर्ण श्रेष्ठले ह्याटरिक गरेका थिए । साे खेलमा रियल सन स्टार युवा क्लब  ४ – ० गाेल अन्तरले बिजयी भएकाे छ ।

च्याङली बिरूवाटारकाे खेलमैदानमा च्याङली स्पाेर्टस क्लबका अध्यक्ष सन्ताेष थापाकाे अध्यक्षतामा उदघाटन कार्यक्रम गरिएकाे थियाे ।  कार्यक्रम  वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले प्रमुख अतिथिकाे रूपमा बाेल्दै खेलकाे माध्यमबाट अाफ्नाे पहिचान देखाउन र अनुशासित रूपमा खेेल प्रदर्शन गर्न अनुराेध गर्नुभएकाे थियाे । क्लबका काेषाध्यक्ष शुशीला श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । त्यस्तै गरी कार्यक्रममा कार्यपालिका सदस्य सावित्रा बि.क., वडा सदस्यहरू भगवती कुमाल, दिनेश खत्री, नेकपा एमालेका वडा कमिटी अध्यक्ष चन्द्र बहादुर कुमाल, नेपाली काँग्रेसका वडा सभापति कृष्णजी श्रेष्ठ, नेकपा माअाेवादी केन्द्रका अध्यक्ष देवीलाल कुमाल, जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । खेलकाे समापन १४ गते हुने अायाेजकले जनाएका छन् ।

प्रतियाेगितामा प्रथम हुनेले नगद रू ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र  हात पार्नेछन भने दितीय हुनेले नगद रू २० हजार, ट्रफी, मेडल र प्रमाण पत्र  हात पार्नेछन

 

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.