Gorkha Sansar

गैर सरकारी संस्था गोरखाको अध्यक्षमा पुनः श्रेष्ठ सर्व सम्मत

गोरखा  ।

गैर सरकारी संस्था गोरखाको अध्यक्षमा पुनः सिताराम श्रेष्ठ सर्व सम्मत निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाममा आयोजित ११औं साधारण सभा तथा ५औं अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्व सम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले संस्थाको उपाध्यक्षमा हरि देवकोटा, सचिवमा बालकृष्ण लामिछाने, कोषाध्यक्षमा रामबावु ढकाल र सह–सचिवमा शारदा घिमिरेलाई निर्वाचित भएका छन् । त्यस्तै गरी, सदस्यहरुमा भूमीप्रसाद रेग्मी, निर्माण घिमिरे, निरञ्जनरमण खनाल, सन्तोष पाण्डे, गितामायाँ श्रेष्ठ, मिलनसिंह बस्नेत, राज गुरुङ, सुनिल न्यौपाने, साने गुरुङ र अनिता पाण्डे निर्वाचित भएका छन् ।

संस्थाको अधिवेशनमा गोरखा नगरपालिका मेयर राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला समन्वय समितिका उप प्रमुख जनुका अधिकारी, महासंघका केन्द्रिय सचिव राजीराम रोक्का तथा गण्डकी प्रदेश ईन्चार्ज राजेन्द्र पौडेलको उपस्थिती रहेको गैसस महासंघ गोरखाले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.