Gorkha Sansar

बिरूवाटारमा ग्लाेबल अाईएमई काे बैंकिङ सेवा शुरू

गोरखाको पालुङ्गटार ७स्थित विरुवाटार बाट ग्लोबल आईएमई बैंकको एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ सेवा शुरू गरिएको छ।

आईतबार पालुङ्गटार नगरपालिकाका मेयर दिपक बाबु कडेलको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच बैकको सेवा सुरू भएको हो। मेयर कडेलले रिवन काटेर विधिवत् रूपमा बैंकको कार्य सन्चालन शुभारंभ गर्नुभएको हो। बैककले दूर दराजमा बैकको पहुच नभएका नागरिकहरुलाई घर दैलोमा नै सेवा दिएकोमा खुसी लागेको बताउँदै बैकको प्रगतिको कामना गर्नुभयो।

कार्यक्रमममा विशिष्ठ अतिथि तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ, पालुङ्गटार नगरपालिकाका वडा नं ७ का वडा अध्यक्ष बसन्त श्रेष्ठ, वडा सदस्यहरु, ग्लोवल आई एम ई बैक डुम्रे शाखाका प्रमुख निराजन श्रेष्ठ, स्थानिय संघ संस्थाका प्रतिनिधिहरू, शिक्षक, व्यापारी तथा स्थानियहरुको उपस्थिति रहेको थियो।

बैक बाट दिइने सेवा मध्ये कर्जा प्रवाह बाहेकको अरु सबै प्रकारको सेवा तथा रेमिट्यान्स सेवा समेत उक्त काउन्टर बाट प्रदान गरिने डुम्रे शाखाका बैक प्रमूख निराजन श्रेष्ठले जानकारी दिनुभयो।विगत लामो समयदेखि बैंकिङ्ग क्षेत्रमा निकै अग्रस्थानमा रहेको यस बैकले सोसियल मिडिया बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, एस एम एस बैंकिङ्ग जस्ता बिभिन्न अत्याधुिक डिजिटल सेवा सहित अहिले २८७ शाखा, ४९ एक्सटेन्सन काउन्टर (राजस्व संकलन काउन्टर सहित), २७४ बीएलबी पोइन्ट, २५२ एटीएम र ३ प्रतिनिधि कार्यालयहरू बाट सेवा दिँदै आएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.