Gorkha Sansar

एम्नेस्टी इन्टरनेशनल समूह ४२ गोरखा शाखाको संयोजकमा सविना पोखरेल

गोरखा । एम्नेस्टी इन्टरनेशनल समूह ४२ गोरखा शाखाको संयोजकमा सविना पोखरेल निर्विरोध चयन भएकी छन् ।

शनिबार सम्पन्न शाखाको भर्चुअल अधिवेशनले पोखरेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको हो । समितिको उपसंयोजकमा साबित्रा थापामगर, सचिबमा सर्मिला वाग्ले, सहसचिबमा लक्ष्मी खत्री, र कोषाध्यक्षमा सरिता अर्याल चयन भएका छन् ।

सदस्यहरुमा सर्मिला अधिकारी, सरस्वती श्रेष्ठ, कल्पना प्रधान र मित्रा परियार चयन भएका छन् ।

एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष बिक्रम ढुकुछुकाे प्रमुख आतिथ्यता रहेकाे अधिवेशनमा एम्नेस्टी इन्टरनेशनल ४२, गोरखा शाखाका सल्लाहकार सीताराम तिवारी, बिजु न्यौपाने, मञ्जु अर्याल, जिससकी उपप्रमुख जनुका अधिकारी, भावना तिवारीलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.