तनहुँकी चर्चित लोकदोहोरी गायीका सबिता परियारले फेरी अर्को लोकदोहोरी गीत बजारमा ल्याएकी छिन्। उनले पछिल्लो समय नेपाली साङ्गितिक बजारमा लोकगायक खेराज गौतमसँगको सहकार्यमा ‘सूर्ती च्यापेर…’ लोकदोहोरी गीत बजारमा ल्याएकी हुन्। केहि दिन अघि उनकै अफिसियल युट्युब च्यानल सबिता परियार अफिसियलबाट गीत सार्वजनिक गरिएको हो। यति बेला सुर्ती च्यापेर गीतले चर्चा बटुल्ने क्रममा रहेको छ । गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन । गीतमा गीतकार एवम् गायक खेमराज गौतम र गायिका सबिता परियारको सुमधुर आवाज रहेको छ। गीतको म्युजिक भिडियोमा अतिथिको रुपमा पछिल्लो समयमा अत्यन्तै मन पराइएको कलाकार तथा बहुचर्चित लोकप्रिय गायक श्याम राना, बालचन्द्र बराल र रत्न श्रेष्ठ छन् भने शरद एलजी, आरति परियार र अश्मिता रानाको दमदार अभिनय रहेको छ । गीतमा गायक खेमराज गौतमले लय भरेका छन् भने गायिका सबिता परियार आफैले शब्द कोरेका छन्। विशेषत लाईभ लोकदोहोरी गायनमा खप्पिस रहेकी गायिका सबिता परियारले आम दर्शक माझ ल्याएको गीतहरुमा ‘गावै रमाइलो देशै रमाईलो’ गीत निकै चर्चित छन्।
थप समाचार
-
मर्जरपछि नयाँ कार्यदिशा सार्वजनिक गर्दै Khalti by IME ले पोखरामा एजेन्टसँग अन्तरक्रिया
Bijay KumalFebruary 14, 2026शनिबार, फागुन २ गते २०८२ मा Khalti by IME ले पोखराको शृजना चोकस्थित White House Party Palace मा “Agent अन्तरक्रिया” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १७० भन्दा बढी एजेन्टहरूको... -
सञ्जालबिनाको समाज – सम्भव कि असम्भव ?
गाेर्खा संसारAugust 29, 2025काठमाडौं, १३ भदौ। सरकारले सामाजिक सञ्जाल कम्पनीलाई आगामी बुधबारसम्म नेपालमा दर्ता गर्न निर्देशन दिएपछि ‘यदि दर्ता भएन भने के हुन्छ ?’ भन्ने विषय अहिले बहसको केन्द्रमा छ । यसअघि पनि... -
अनलाइन सञ्चारमाध्यम दर्तामा कानुनी विवाद : संघीय कानुन लागू भएपछि प्रदेशको अधिकार स्थगित
गाेर्खा संसारAugust 28, 2025काठमाडौँ, १२ भदौ । नेपालमा अनलाइन सञ्चारमाध्यम दर्ता र नियमन प्रक्रियामा संघीय र प्रदेश कानुनबीच द्वन्द्व देखा परेको छ। संविधानले सञ्चारमाध्यमलाई संघ, प्रदेश र स्थानीय तहको साझा अध... -
महाकालीमा बाढीको खतरा, बनबासा पुलमा आवत–जावत पूर्णरूपमा रोक
गाेर्खा संसारAugust 14, 2025कञ्चनपुर, २९ साउन — महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि नेपाल–भारत सीमामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज) हुँदै सवारी साधन र मानिसको आवत–जावत पूर्णरूपमा रोकिएको छ ... -
संविधानतः पारदर्शी मिडिया लगानीका लागि उपसमिति गठन, १५ दिनमा प्रतिवेदन पेस गर्ने
गाेर्खा संसारAugust 2, 2025१७ साउन, काठमाडौं / मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सात सदस्यीय संसदीय उपसमिति गठन गरेको छ । नेकपा एमालेकी... -
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ‘मिडिया काउन्सिल विधेयक’माथि छलफल सुरु
गाेर्खा संसारJuly 19, 2025३ साउन, काठमाडौं प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘विद्यालय शिक्षा विधेयक’मा शीर्ष तहमा सहमति नजुटेकाले ‘मिडिया काउन्सिल विधेयक’माथि छलफल अगाडि...
