Gorkha Sansar

उत्तरी गोरखामा बिरामी उद्वारमा हेलिकप्टर उडान सहज बनाईदिन गोरखा काँग्रेसद्वारा सरकारलाई आग्रह

गोरखा ३, माघ ।

सडक सञ्जालले नछोएको गरेको छ । आइतबार नेपाली काँग्रेसका जिल्ला सभापती नन्दप्रसाद न्यौपाने सहितिको टोलीले गृहमन्त्री बालकृण्ण खाडलाई हेली उडानमा कानूनी झन्झट सहज गरिदिन भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारीको सिफारिसमा हेलिकप्टर झिकाउने ब्यवस्था मिलाईदिन माग गर्दै टोलीले मन्त्री खाणलाई पत्र बुझाएको नेपाली काँग्रेस गोरखाले जनाएको छ । ‘संम्बन्धित गाउँपालिका अध्यक्ष वा वडाअध्यक्षको लिखित या मौखिक अनुरोधमा प्रजिअले हेलिकप्टर उद्वारका लागि पठाउने ब्यवस्था हुनुपर्ने भन्दै कानूनी झन्झट सहज गरिदिन पत्रमा भनेको छ ।

उत्तरी गोरखाको अधिकाश स्थानमा अहिले पनि पैदल यात्रा गरेरै आउजाउ गनुपर्ने बाध्यता रहेको छ । सरकारी काम होस वा बिरामी हुदा होस उत्तरी गोरखाबाट सदरमुकामसम्म आउदा ७ दिनसम्म लाग्ने गर्दछ ।

ध्यानकर्षण पत्र बुझाउन सभापति न्यौपाने, केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, आरुघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहाल, नेपाली कांग्रेस चुमनुब्री गाउँपार्टी सभापति सुर्य गुरुङ, वडा अध्यक्ष बिरबहादुर लामा, लाक्पा रितार, खिमे लामा, नबिन गुरुङ लगायतको उपस्थिती रहेको गोरखा काँग्रेसले जनाएको छ ।

जवाफमा गृहमन्त्री खाँणले उद्वारका लागि हेलिकप्टर सहज बनाउन सहजिकरण गर्ने आश्वासन दिए । कात्तिक ७ गते कांग्रेस जिल्ला कार्य समितिको बैठकले उत्तरी गोरखाको उद्वार उडान सहज बनाउन सरकार सँग माग गर्ने र ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.