माघ२,तनहुँ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिती क्षेत्र न १ तनहुँको आईतबार बसेको पहिलो बैठकले कोषाध्यक्ष र प्रबक्ता मनोनित गर्ने निर्णय गरेको छ । क्षेत्रीय कोषाध्यक्षमा व्यास -२ निवासी पबिन्द्र भट्टराई र प्रबक्तामा व्यास-८ रिस्ती निवासी हरिप्रसाद शर्मा मिश्रलाई मनोनीत गर्ने निर्णय गरेको हो । कांग्रेसको बिधान बमोजिम कोषाध्यक्ष र प्रबक्ता मनोनीत हुनको लागि निर्बाचित क्षेत्रीय कार्यसमिती सदस्य हुनुपर्दछ । बैठकले क्षेत्र न १ भित्र रहेका प्रत्येक नगरपालिका र गाउपालिका भित्र रहेका नेपाली कांग्रेसका नगर कार्य समिति, गाउपालिका कार्य समिती र वडा कार्यसमितिलाई सक्रिय बनाउदै छुटेका मतदाता नामावलिमा नाम दर्ता गराउनको लागि सहयोग गर्ने निर्णय गरेको छ ।सभापति श्याम कुमार मौरतीको सभापतित्वमा बसेको बैठकले क्षेत्र न १ अन्तर्गत रहेका ४२ वटै वडामा टोलकार्य समिती यथासक्य छिटो सम्पन्न गर्नको लागि नगर एब गाउपालिका सभापति र वडा सभापतिहरुलाई परिपत्र गर्ने निर्णय गर्नुका साथै नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा वडा, नगरपालिका , गाउपालिका , प्रदेशसभा क्षेत्र र संघीय निर्वाचन क्षेत्रमा आफ्नो मत प्रदान गर्नुहुने सम्पुर्ण प्रतिनिधि साथै निर्बाचन सम्पन्न गर्नको लागि सहयोग गर्ने सम्पुर्ण निर्वाचन समितीलाई धन्यवाद ज्ञापन गरेको छ । गत शुक्रबार साझ बन्दिपुर गाउँपालिका वडा न ६ हुस्लाङमा भएको जिप दुर्घटनामा परि नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हरि बहादुर न्यौपाने र उहाँको धर्मपत्नी शुशिला न्यौपाने लगायत ६ जनाको मृत्युले स्तब्ध बनाउनुका साथै दुख ब्यक्त पनि गरेको छ । बैठकले उक्त जिप दुर्घटनामा परेर घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित मृत आत्माको चिरशान्तिको कामना गर्ने निर्णय गरेको क्षेत्रीय सहसचिब शैलेश खातीले जानकारी दिए ।
थप समाचार
-
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी ।
गोर्खा संसारMarch 6, 2026फागुन २२ गते लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’... -
गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक
गोर्खा संसारMarch 6, 2026गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक गोरखा–२ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरू भएसँगै पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक भएको छ। गोरखा नगरपालिका–११ स्थित चन्द्रज्योती ... -
कुन कुन मतदान केन्द्रबाट रित्तै फर्किए कर्मचारी?
गोर्खा संसारMarch 6, 2026यस पटक कुनै निश्चित क्षेत्रका बासिन्दाले सामूहिक रूपमा चुनाव बहिष्कार गरेका घटना बढेका छन् । दाङ, दार्चुला, दोलखा र ओखलढुङ्गाका केही मतदान केन्द्रमा स्थानीय बासिन्दाले आफ्ना मागहरू... -
गोरखामा बाबुराम भट्टराई आवद्ध प्रलोपाले कांग्रेसलाई सघाउने
गोर्खा संसारMarch 1, 2026गोरखामा बाबुराम भट्टराई आवद्ध प्रलोपाले कांग्रेसलाई सघाउने गोरखाको दुवै निर्वाचन क्षेत्रमा डाक्टर बाबुराम भट्टराई आवद्ध प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेसला... -
राजनीतिक दल तथा उम्मेदवारहरूलाई मानवअधिकार प्रत्याभूत गराउन आह्वान गर्दै १० बुँदे दस्तावेज सार्वजनिक
गोर्खा संसारFebruary 19, 2026आगामी फागुन २१ गते हुन गइरहेको नेपालको राष्ट्रिय निर्वाचनको सङ्घारमा एम्नेस्टी इन्टरनेसनलले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आफ्ना निर्वाचन प्रतिबद्धता तथा सुशासनसम्बन्धी प्राथमिकता... -
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संसदमार्फत कानुन परिवर्तनको यात्रामा
गोर्खा संसारFebruary 8, 2026काठमाडौँ - समावेशिता, समानता र लोकतन्त्रको सुदृढ भविष्यका लागि दशकौँदेखि निरन्तर सङ्घर्ष गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वा...
