Gorkha Sansar

कृषि कर्ममा रमाउँदै त्रिवेणी मा.वि.का विद्यार्थीहरू, ठूलाे परिमाणमा अालु, तरकारी तथा च्याउ खेती गर्दै

गाेरखा,

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ९ मा रहेकाे त्रिवेणी मा.वि. कृषि कर्ममा अघि बढेकाे छ । यसैबर्षदेखि कक्षा ९मा प्राविधिक धारतर्फकाे कृषि बिषय अध्यापन शुरू गरेसँगै कृषि कार्य पनि गर्न थालेकाे छ ।

अध्ययनसँगसँगै राेजगारी, पढाइसँगै कृषि र पढदै कमाउँदै भन्ने अाशयका साथ कृषि कार्य अघि बढाएकाे बिद्यालयका प्रधानाध्यापक गणेशराज सेडाइले जानकारी दिनुभयाे । प्रधानाध्यापक सेडाइका अनुसार १० राेपनी खेत भाडामा लिएर ६ क्वीन्टल अालु खेती गरिरहेकाे र त्यसका साथै अन्य तरकारी तथा फलफूल खेती समेत गरेकाे बताउनुभयाे । पहिले १० राेपनी खेतमा अालु लगाइएकाे र अहिले फेरी थप ८ राेपनी पाखाे बारी भाडामा लिएर साे बारीमा काक्राे, घिराैला, करेला, सिमी,बाेडी, भिँडी लगायतकाे बिउ लगाइएकाे छ । त्यतिमात्र नभइ च्याउ उत्पादनका लागि समेत काम गरिरहेकाे एकजना विद्यार्थीले बताएका छन् ।

रासायनिक मल र बिषादीकाे प्रयाेग बढदाे मात्रामा भइ मानिसकाे स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेकाे र जग्गाकाे उर्वराशक्तिमा ह्रास अाइरहेकाे परिबेशमा पूर्ण रूपमा अर्गानिक उत्पादन गर्ने लक्षका साथ काम गरिरहेकाे पनि बताइएकाे छ ।

कृषिधार तर्फ बालीबिज्ञान अध्ययन गर्ने कक्षा ९ का बिद्यार्थीहरूकाे परिचालन गरी कृषि कार्य अघि बढाएकाेमा साे याेजना सफल पार्नकाे लागि बिद्यालयका शिक्षकहरू, बिद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरू, स्थानीय किसान क्लब तथा स्वतन्त्र किसानहरूले समेत अाएर प्रत्यक्ष रूपमा काममा सहयाेग गरिरहेका छन् ।  उत्पादित बस्तुहरूकाे बिक्रीबाट भएकाे अाम्दानीबाट विद्यालय सञ्चालनमा थप टेवा पुग्ने बिश्वास समेत गरिएकाे छ । अाम्दानीकाे २५ प्रतिशत रकम भने साेही कक्षाका बिद्यार्थीहरूलाइ नै दिइने पनि प्रधानाध्यापक सेडाइले जानकारी दिनुभयाे, जसबाट बिद्यार्थीहरूले पढदा पढदै कमाउने र व्यवसायिक कृषितर्फ लम्कन सहयाेग पुग्नेछ ।

हाल कक्षा ९ बाट सञ्चालन शुरू गरिएकाे कृषिधार अागामी दिनहरूमा निरन्तर रूपमा कक्षा १२ सम्म सञ्चालन गर्ने लक्ष रहेकाे र समृद्द पालुङटार, सुखी पालुङटार  निर्माणमा समेत कृषिमार्फत याेगदान पुग्ने लक्ष का साथ काम गरिएकाे प्रधानाध्यापक सेडाइले बताउनुभयाे ।

अागामी दिनहरूमा माैरीपालन, टनेल  खेती, माछापालन लगायतका अन्य कृषि कार्यहरूमा समेत काम गर्ने  लक्ष राखिएकाे बताइएकाे छ । कक्षा १ देखि १० सम्ममा कूल ३६५ जना बिद्यार्थी अध्ययनरत रहेकाे साे विद्यालयमा कृषितर्फ १ कृषि प्रशिक्षक, १ सहायक कृषि प्रशिक्षक, १ ल्याव असिस्टेन्ट सहित कूल २२ जना शिक्षक कर्मचारीहरू कार्यरत रहेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.