Gorkha Sansar

पालुङटार ७ मा समाजवादी युवा संघ गठन ः संयाेजकमा प्रवीण कुमाल

गाेरखा, मंंसीर १८

डा बाबुराम भट्टराई नेतृत्वको जनता समाजबादी पार्टी काे भातृ संगठन समाजबादी युवा संघ काे प्रथम वार्ड भेला पालुङटार ७ काे बिरूवाटारमा सम्पन्न भएकाे छ ।

गण्डकी प्रदेशका उर्जा जलश्राेत तथा खानेपानी मन्त्री हरिशरण अाचार्यकाे प्रमुख अातिथ्यतामा सम्पन्न भेलामा युवा नेता पिटर कुमार श्रेष्ठ, केन्द्रीय सदस्य हाेप बहादुर नेपाली, केन्द्रीय सदस्य अमृत अाचार्य, पालुङटार का अध्यक्ष रमेश पाेखरेल, नेकपा एमाले निकट युवा संगठन वडा नं ७ का अध्यक्ष बिपिन के सी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

समाजवादी पार्टी वडा नं ७ का अध्यक्ष राजकुमार परियारकाे अध्यक्षतामा भेला सम्पन्न भएकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि उर्जा जलश्राेत तथा खानेपानी मन्त्री अाचार्यले आफ्नो पार्टी सुदृढीकरण गर्दै अागामी दिनमा समृद्ध नेपाल निर्माणमा महत्त्वपूर्ण याेगदान पुर्याउने बताउनुभयाे । कार्यक्रममा अाफू र अाफ्नाे मन्त्रालयले गरेका कामहरूकाे समेत जानकारी गराउनुभएकाे थियाे ।

भेलाले प्रविण कुमालकाे अध्यक्षतामा १९ सदस्यीय युवा संघ गठन गरेकाे छ । जसकाे सह संयाेजकमा किरण बि.क. रहेका छन । अन्य सदस्यहरूमा पूर्ण बहादुर माझी,संगीता कुमाल, रमेश कुमाल,राजकुमार नेपाली, शेर बहादुर तामाङ, भीम बहादुर कुमाल, ईश्वर श्रेष्ठ, सन्ताेष बि क, मंदिप कुमाल,चन्दा माझी,राम बहादुर नेपाली, बिल बहादुर सुनार, दिपेश सुनार, सबिता परियार, भरत बि क र साेम बहादुर लामा रहेका छन ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.