Gorkha Sansar

नेपाली कांग्रेस गण्डकीकाे महामन्त्री पदमा पालुङटारका मेयर कंडेल काे दाबी

काठमाडौं । नेपाली काँग्रेस गण्डकी प्रदेश अधिवेशनका लागी गोरखाबाट इन्जिनियर दिपक बाबू कडेलले महामन्त्री पदमा दाबी गरेका छन् । यहि मंसिर १६,१७ गते हुने काँग्रेस प्रदेश अधिवेशनमा गण्डकी प्रदेश अन्तर्गत महामन्त्रीका लागी कडेलले दाबेदारी प्रस्तुत गरेका हुन् ।                        कडेलले अधिवेशनका लागि आन्तरिक तयारी गरिरहेका छन् । उनले भने,, अहिले नै केन्द्र तिर छिरी हाल्ने मेरो योजना छैन । यसपटकको महाधिवेशन मा प्रदेश महामन्त्रीमा उम्मेदवारी दिने सोच बनाएको छु ,,। साथै प्रदेश अधिवेशनले पार्टीको सङ्गठन बलियो बनाउन र सबै कार्यकर्ता तथा समर्थकको मनोबल उच्च बनाउन मद्दत गर्ने कडेलले विश्वास व्यक्त गरे ।    पदको लागी भन्दा पनि परिवर्तनको लागी लड्ने कडेलले प्रदेश महामन्त्रीमा उम्मेदवारी दिने कुराले चर्चा बटुल्दै छ। सबल उम्मेदवार सफल राजनीतिका पात्र ले चिनिने कडेल नेपाली काँग्रेसलाई बलियो बनाउन र सङ्गठन मजबुत बनाउनमा आफ्नो ध्यान केन्द्रित भएको बताउँछन् ।              उनले भने,, तीन दशक लामो राजनीतिक यात्रा र सोहिक्रममा भोग्नुपरेको संघर्ष ,आन्दोलनको अनुभव लाई समेटेर आफूलाई प्रदेश महामन्त्रीमा प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको आधारमा मेरो यो उम्मेदवारी रहनेछ । मैले उम्मेदवारी प्रस्तुत गर्दै गर्दा चूस्त उद्यमशील काङ्ग्रेस को परिकल्पना,सहित उर्जासील काङ्ग्रेस को
कार्ययोजना समेतलाई केन्द्रविन्दुमा राखेको छु।                    यस्तो छ कडेलको राजनीतिक यात्रा ।                              बि. स. २०४४ सालदेखि राजनीतिमा सक्रिय कडेंल अहिले गोरखाको पर्यटकीय क्षेत्र पालुङटार नगरपालिकाको नगर प्रमुख हुन् । लामो समय देखी इन्जिनियर पेशामा रहेका कडेल बिगत ३२ वर्षदेखि राजनीतिमा सक्रिय छन् । इन्जिनियरिङ एसोसिएसनको सदस्य हुँदै प्रजातान्त्रिक इन्जिनियरहरुको स्थापक सदस्य ,नेबिसंघ जिल्ला कार्यसमिति सदस्य , र २० वर्ष इन्जिनियरिङ एसोसिएसनमा राजनीतिक जीवन बिताएका कडेलले आन्तरिक द्वन्द्वका कारण इन्जिनियरिङ एसोसिएसनको उप- महासचिवमा भने हार बेहोर्नुपरेको थियो ।                                            गण्डकी र गोर्खाली बासिका लागि एक सक्षम नेतृत्वका रुपमा रहेका ऊनले नेपाली काँग्रेसको लागी पनि उत्तिकै त्याग गरेको पाइन्छ । तत्कालीन माओवादीको गढी मानिने गोरखामा । यहाँ काँग्रेस कमजोर हुनु हुँदैन भन्ने मान्यताले स्थानीय तहको निर्वाचनमा कडेलले आफ्नो उम्मेदवार घोषणा गरेर जीत पनि हातपारे ।     हरेक वडा देखि पालिका र जिल्ला सम्ममा काँग्रेसलाई कसरी मजबुत बनाउने भन्ने अभियान संगै उनि लामो समय देखी सामाजिक क्षेत्रमा सक्रिय छन् ।                                                             १४–१५वर्षको किशोर अवस्था देखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा करिब ३२ वर्ष सक्रियतापूर्वक बिताइरहेका कडेलले लोकतन्त्रको पक्षमा विगतका संघर्षपूर्ण कठिन दिनमा लामो शृंखला अनुभव गरेका छन् ।            निष्ठा ,इमानदारीता र बिचारको राजनीतिमा अढिक कडेलको विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवलाई उच्च मुल्यांकन गर्दै पार्टीले नेपाली कांग्रेसको गण्डकीमा महामन्त्री पदका उम्मेदवार बनाउन कदमपहली गर्नुपर्ने देखिन्छ । समग्र रुपमा पार्टी नेतृत्व लाई सुदृढीकरण गर्दै जनताको हितको निम्ति काम गरेर कम्युनिस्टको गढ रहेको जिल्लामा नेपाली काङ्ग्रेस पार्टीलाई पहिलो पार्टीको रुपमा स्थापित बनाउन सफल भएका कडेलले काँग्रेस लाई बलियो खम्बाका रुपमा पालुङटार नगरपालिका लाई स्थापित बनाएका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.