Gorkha Sansar

चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकामा अाज सार्वजनिक विदा

८ मंसिर ।

चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकामा अाज सार्वजनिक विदा हुने भएको छ। दुवै गाउँपालिकाले आज एक सूचना जारी गर्दै कृष्ण मार्ग पंचमीको दिन भोली सार्वजनिक विदा निर्णय गरेको हो।

bida.jpg

हेरक वर्ष झै यसवर्ष पनि गाउँपालिकाले गुठी पंचमीको अवसर पारेर सार्वजनिक विदा दिएको शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन बहादुर आले मगरले बताए। गुठी पंचमीको दिन शहिद लखन गाउँपालिका २ मा पर्ने प्रसिद्ध देवीको मन्दिर मनकामनामा विशेष पूजा अर्चना र मेला लाग्ने गरेको छ।

यस्तै चितवनको इच्छाकामना गाउँपालिकाले पनि हरेक वर्ष झै यसवर्ष पनि कुष्णमार्ग पंचमीको दिन सार्वजनिक विदा दिएको छ। पंचमीको दिन स्थानीय इच्छाकामना माईको मन्दिरमा भव्य मेला लाग्ने भएकोले स्थानीय संस्कृतिलाई प्रोत्साहन र संरक्षणका लागि भन्दै गाउँपालिकाले हरेक वर्ष सो दिन सार्वजनिक विदा दिने गरेको छ। Source: ichhakamananews

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.