कोशिश संस्थाको आयोजनामा र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वयन तथा शहरीस्वास्थ्य केन्द्र संगको सहकार्यमा संचालन गरिएको मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धि २ दिने आधारभूत तालिम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं: १०, १३, १५ र १७ का महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि आयोजना गरिएको सो कार्यक्रममा २४ जनाको सहभागिता रहेको थियो. कार्यक्रम समाजमा मानसिक स्वास्थ्य र आत्महत्यासंग सम्बन्धित बिध्यमान रहेका भ्रमलाई चिर्दै स्वयंसेविकाको मार्फत समुदायमा जनचेतना फैलाउने मनसएको साथ आयोजना गरिएको थियो । तालिमलाई कोशिशको तर्फबाट मनोबिद विनय पाण्डे र परियोजना अफिसर रोशिना कुवर ले सहजीकरण गर्नु भएको थियो ।
सचेतना मुलक सो कार्यक्रमको वडा नं १३ का वडा अधक्क्ष दर्शन लामाले प्रसंशा गर्नुको साथै भविष्यमा पनि एस्ता कार्यक्रमलाई निरन्तरता दिदै सबै स्वास्थ्य स्वयंसेविकालाई यस विषयमा अवगत गराउन जरुरि रहेको कुरा बताउनु भयो । चारै वडाका स्वयंसेविकाहरुले तालिम प्रभावकारी रहेको कुरा बताउदै आफुले जानेको बुझेका कुरालाई समुदायमा अरुलाई पनि सचेत गराउने प्रतिबद्धता समेत दिएका छन्. कोशिशले हालसम्म पोखरा महानगरपालिकामा २ वटा तालिम सम्पन्न गरिसकेको छ ।
