Gorkha Sansar

फेसबुक लगायत सामाजिक सञ्जाल ह्याक गरी रकम माग गर्ने प्रवृत्ति विरुद्ध सचेत रहन जिल्ला प्रहरी कार्यालय गोरखाको अनुरोध”

 

विगतका केही दिन देखि गोरखा जिल्लामा विभिन्न व्यक्तिहरुको समेत फेसबुक लगायत सामाजिक सञ्जाल ह्याक गरी म्यासेन्जरमा निजहरुबाट रकम माग गर्ने, धम्की दिने लगायतका प्रवृत्ति बढ्दै गई रहेको देखिएकोले त्यस्ता विषयहरुमा कोही व्यक्तिहरु पिडित हुनु भएको भए तुरुन्त जिल्ला प्रहरी कार्यालय गोरखामा सम्पर्क राख्नु हुन सुचित गरिन्छ । साथै कोही कसैको फेसबुक म्यासेन्जर लगायतमा चिनेको व्यक्ति बाटै म्यासेज गरी रकम माग गरेको छ भने पनि टेलिफोन मार्फत एकिन गरी मात्र दिनुहुन र म्यासेन्जरमा आएका सबै लिङ्कहरु हतारिएर नखोलिई बुझेर मात्र हेर्नु हुन अनुरोध गरिन्छ साथै आफ्नो ई-सेवा लगायतको ई-बैंकिङ कारोबारको डिटेल अरु कोही कसैलाई पनि सेयर नगर्नु हुन, आफ्नो सामाजिक सञ्जालको पासवर्ड अन्य व्यक्तिले परिवर्तन गर्न नसक्ने किसिमले गोप्य राख्नु हुन र समय-समयमा आफ्नो पासवर्ड परिवर्तन गरी सुरक्षित तरिकाले सामाजिक सञ्जालको प्रयोग गर्नुहुन अनुरोध गरिन्छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.