Gorkha Sansar

बारपाकबाट गाेरखा अाउँदै गरेकाे बाेलेराे जीपमा १४ किलो ८०० ग्राम चरेससहित एक महिला पक्राउ

बारपाकबाट गाेरखा अाउँदै गरेकाे बाेलेराे जीपमा १४ किलो ८०० ग्राम चरेससहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङ रहेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।

ठूलो परिमाणमा अवैध लागूऔषध चरेशसहित धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङलाई पक्राउ गरेको डिएसपी प्रकास दाहालले जानकारी दिए ।

बुधबार राती १ः३० बजे बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा. २० च ९३३२ नम्बरको जीपमा चेकजाँच गर्दा महिलाले पहेँलो रङको बोराभित्र पोलिथिन प्लास्टिकको झोलामा लुकाइछिपाइ ल्याइएका सो परिमाणको चरेश फेला परेको डिएसपी दाहालले जनाए ।

उनीविरुद्ध लागु औषध चरेस शीर्षकमा बिहिबार मुद्धा दर्ता गरी सात दिनको म्याद थप गरिएकाे बताइएकाे छ ।

गाडीमा सवार अन्य तीनजनाको भने प्रत्यक्ष संलग्नता नदेखिएकाले तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ ।

सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.