गोरखा । गोरखा बजारबाट जुवा–तास खेल्दै गरेको ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका ८ को चाईनिजधारा क्षेत्रमा जुवा–तास खेल्दै गरेका ९ जनालाई बिहीबार राती गोरखा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।स्थानिय मन्दिप श्रेष्ठको भोक लाग्यो खाजा घरमा जुवा–तास खेल्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले गोरखा नगरपालिका ८ घरबेटी मन्दिप श्रेष्ठ, विवश केसी, जिवन विसी, तनहुँ आँबुखैरेनी गाउँपालिका ६ घरभएका किसान गुरुङ, रौतहट जिल्ला गरुढा नगरपालिका २ घर भएका फेकु सहानी, महोत्तरी जिल्ला गौशाला नगरपालिका ७ का भुपेन्द्र शाह, गोरखा जिल्ला गोरखा नगरपालिका ६ का गणेश बराम र शहिद लखन गाउँपालिका ८ का रमेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेकाहरुबाट १ बुक तास सहित १ लाख १ हजार ८०० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।पक्राउ परेका सबैलाई जुवातास ऐन अन्तरर्गत कारवाही अगडी बढाउने तयारी भई रहेको गोरखा प्रहरीले जनाएको छ ।
थप समाचार
-
बन्दीपुर–केशवटारमा ‘होमस्टे सर्किट’ अभियान सुरु: ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
गोर्खा संसारMarch 29, 2026चैत १४, बन्दीपुर। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होमस्टे सर्किट प्रवर्द्धन’ कार्यक्रम सुरु गरेका छन्। शनि... -
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो.... -
मङ्गलेश्वर महादेव मन्दिरमा शिवरात्री धार्मिक तथा सांस्कृतिक २०८२ सम्पन्न
गोर्खा संसारFebruary 16, 2026गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली खोलाघाट स्थित मङ्गलेश्वर महादेव मन्दिरमा शिवरात्री धार्मिक तथा सांस्कृतिक २०८२ सम्पन्न भएको छ। मङ्गलेश्वर महादेव मन्दिर व्यवस्थापन ... -
महाशिवरात्रीको अवसरमा च्याङ्लीमा धार्मिक तथा सांस्कृतिक मेला हुँदै
गोर्खा संसारFebruary 9, 2026माघ २५, २०८२ आइतबार गोरखा । महाशिवरात्रीको पावन अवसरमा गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्ली खोलाघाटमा “च्याङ्ली शिवरात्री धार्मिक तथा सांस्कृतिक मेला २०८२” आयोजना हुने भएको छ। आयो... -
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
नेपालका चर्चित हास्य कलाकारको टोली अमेरिकामा
गोर्खा संसारFebruary 2, 2026डालस, टेक्सस अमेरिका - नेपालका चर्चित हास्यकलाकारहरुको टोली अमेरिकामा रहेका नेपालीहरुलाई हसाउन अमेरिका पुगेका छन् । फेम नेपालको तत्वाधानमा अब हास्छ अमेरिका भाग २ लिएर ५ जना हास्य ...
