Gorkha Sansar

प्रेस सेन्टर तनहुँको अध्यक्षमा एस.बि.नेपाली

प्रेस सेन्टर तनहुँको अध्यक्षमा एस.बि.नेपाली सर्वसम्वत रुपमा निर्वाचित हुनुभएको छ । सेन्टरको सोमबार आयोजित चौथो जिल्ला अधिवेशनबाट नेपालीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन   गरेको हो । दुई जना सदस्य पछि मनोनित गरिने सेन्टरले जनाएको छ ।  सेन्टरको जिल्ला उपाध्यक्षमा बिनीता भण्डारी,सचिवमा करुण थापा,सहसचिवमा सुवास कुँवर,कोषाध्यक्षमा सावित्री कोइराला चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सूर्यभक्त पौडैल, आइपी ढकाल, रबिन्द्र कडेँल, मनिषा खड्का, अनु बिक,रेखा सापकोटा,रजनी चुमान,संञ्जय कुमार बिक चयन भएका छन् ।

त्यसैगरी केन्द्रिय प्रतिनिधीमा रामबहादुर घले परियार र अस्मिता खनाल र गण्डकी प्रदेश प्रतिनिधीमा आइपी ढकाल र सूर्यभक्त पौडेल चयन हुनुभएको छ ।  कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश सभासदस्य आशा कोइरालाले निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै आवाज बिहीनहरुको आवाज बन्न पत्रकारहरुलाई आग्रह गर्नुभएको थियो । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश सहइन्चार्ज एवं न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य माधव पनेरु,नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य अतिन्द्रकेशरी न्यौपाने, नेपाल पत्रकार महासंघ केन्द्रिय परिषद सदस्य रामबहादुर घले परियार,नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.