Gorkha Sansar

४ नं. वडा कार्यालय आँबुखैरेनीको आयोजनामा दिवशिय शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।।

आँबुखैरेनी, १५ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ नं. वडा कार्यालयको आयोजनामा आज (सोमबार) दिवशिय शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाल संम्बत ११४२ को बिजयादशमी, शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा कार्यालयले दिवशिय शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । ४ नं. वडा कार्यालयका वडाध्यक्ष नेत्र बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, नेपाली कांग्रेस आँबुखैरेनी गाउँ कमिटीका सभापति बिष्णु बहादुर पन्त, कार्यपालिका सदस्य मिलन भुजेल, कार्यालय सचिव ममिता गुरुङ, नेपाली कांग्रेस तरुण दल आँबुखैरेनीका अध्यक्ष बिजय गुरुङ्ग, नेपाली कांग्रेस तरुण दल आँबुखैरेनीका सचिव जय गुरुङ्ग, वडा सदस्य टेक बहादुर थापा, वडा सदस्य लेप बहादुर आले, वडा सदस्य टकमाया दमै लगाएतकाको उपस्थिती रहेको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.