Gorkha Sansar

२ बर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार भएका तामाङ पक्राउ

गोरखा २४ असोज ।

गोरखा जिल्ला अदालतले कुटपिट तथा अंगभंग मुद्वामा कैद तथा जरिवाना फैसला भएर फरार भएका अभियुत्तलाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका ४ धावाका २८ बर्षिय प्रेम तामाङलाई गोरखा प्रहरीले लुकीछीपी हिडेको अवस्थामा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुयो।

जिल्ला अदालत गोरखाले तामाङलाई २ बर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुने ठहर गरे पछि उनी फरार भएको र उनलाई शनिबार गोरखा आरुघाटबाट फक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.