Gorkha Sansar

तमु प्ये ल्हु संघ चितवनको महिला समिति अध्यक्षमा पुनः इन्द्रकुमारी गुरुङ चयन

चितवन, १५ असोज ।
गुरुङको धार्मिक सामाजिक संस्था तमु प्ये ल्हु संघ चितवनको महिला जिल्ला कार्यसमितिको अध्यक्षमा पुनः इन्द्रकुमारी गुरुङ चयन भएका छन्। संघको महिला समितिको आज सम्पन्न दोस्रो सधारण सभा एवं पहिलो अधिवेशनबाट गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएका हुन्।

समितिको अन्य पदाधिकारीहरु मध्य उपाध्यक्षमा रीता गुरुङ, सचिवमा सुकमाया गुरुङ, सह–सचिवमा हितु गुुरुङ, कोषाध्यक्षमा प्रेम कुमारी गुरुङ, सह–कोषाध्यक्षमा ज्ञानु कुमारी गुरुङ, सदस्यहरुमा बन्दना गुरुङ, पूर्णीमा गुरुङ र गीता गुरुङ चयन भएका छन्।

संघका महिला समिति अध्यक्ष इन्द्रकुमारी गुरुङको सभापतित्वमा सम्पन्न सभाको प्रमुख अतिथि तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष जगत बहादुर गुरुङ रहनुभएको थियो भने कार्यक्रममा संस्थापक सल्लाहकार भिम बहादुर गुरुङ, लेख बहादुर गुरुङ, इच्छा बहादुर गुरुङ, उपाध्यक्ष शुक बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.