नेपाल सरकारको केन्द्रीय निर्णय र निर्देशनमा देशभरि शिक्षक–विद्यार्थी अनुपातको आधारमा जुन दरबन्दी मिलान कार्य अघि बढिरहेको छ, त्यसले पालुङटार नगरपालिकामा नमिठो तरङ्ग उत्पन्न भएको देखियो । राज्य सक्षम हुँदा नपुग ठाउँमा केन्द्रबाट दरबन्दी थप गरिदिने हो तर नसकेको अवस्थामा जुन विद्यालयमा शिक्षक विद्यार्थी अनुपात, हिमाली क्षेत्रमा १ः४०, पहाडी क्षेत्रमा १ः४५ र मधेस तथा उपत्यकामा १ः५० भन्दा कम छ त्यसका आधारमा पालिकाभित्र मौज्दात दरबन्दीबाट शिक्षक नपुग भएका ठाउँमा व्यवस्थापन गर्नुपर्ने निर्देशन केन्द्रको हुँदो रहेछ । यही कुरालाई सिरानी हालेर पालिकाले गरेको निर्णय बदनियतपूर्ण र दुरासययुक्त छैन भन्ने लाग्दछ । सम्बन्धित स्कूलका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, अभिभावकलाई आफ्नो विद्यालयमा भएको दरबन्दी घटेर नजाओस् भन्नु स्वभाविक होला तर नगरपालिका त पालिका भित्रका सबै विद्यालयको अभिभावक हो । उसले कुन सन्तानले डकारुन्जेल खाउन्, कुनै भोकभोकै मरुन् भन्न त मिल्दैन होला । भन्न मिल्छ भने हामी समाजवाद/साम्यवादको नारा किन लगाउने त ? कुनै पुराना र इतिहास बोकेका स्कूलबाट जति विद्यार्थी भए पनि दरबन्दी चलाउन मिल्दैन भनी बम्किनेले अहिले पनि उत्पादन राम्रो निकाल्न पर्छ कि पर्दैन ? बाजेले लगाएको सावाँको ब्याज खाएर ठुलाकुरा गर्न सुहाउँछ ? मेरो टालामा अहिले पनि हिङको वास्ना आईरहेको छ भन्ने कि टाला भित्र हिङको डल्लोपनि राख्ने ? अनि स्थापित भनिएका विद्यालयका शिक्षक तथा प्रशासकले एकपल्ट बालकल्याण, धर्मोदय, मदनेडाँडा, रजगरे, त्रिवेणीको प्र.अ वा शिक्षक भएर सोच्ने कि नसोच्ने ? घरमा खाने गाँस कटाएर विद्यालयमा शिक्षक राख्न शुल्क तिर्नुपरेको मर्मलाई आत्मसात गर्ने कि नगर्ने ? अनि म पढेको स्कूल हो भनेर दरबन्दी नकाटी राख्दा अरुबाट आक्रोस आउला कि नआउला ? हाम्रा विद्यालयमा भएका जति सबै दरबन्दी हाम्रै बाजेका बकौती त होइनन् होला ? तपाईँ व्यक्तिवादी बनेर ठुला–ठुला दर्शन छाट्नेको कुरा सुनेर बरु कम दरबन्दी भएका विद्यालयका विद्यार्थी र अभिभावकले बरु तपाईंलाई श्राप देलान्, अर्कालाई एउटा चोर औँला ठड्याउँदा आफूलाई बाँकी औँलाले खबरदारी गरिरहेको हुन्छ, ख्याल गर्नुहोस् ।अब रह्यो पायक–अपायक, जेष्ठ कनिष्ट, विषय मिलेको–नमिलेको, नियम वा नियतका कुरा । यस सम्बन्धमा सबै कुरा एउटा साँचोमा ढाल्नुपर्दछ भन्ने लाग्दछ । कसैमाथि पनि आग्रह–पूर्वाग्रह राखिनु हुँदैन । विद्यालयको आवश्यकता र व्यक्तिको क्षमताका बीचमा मेल खानुपर्दछ । विषयगत, सङ्ख्यागत, क्षेत्रगत, तारतम्य मिलाइनुपर्दछ । पूर्वाग्रहले पीडित कोहीपनि हुनुहुँदैन । जहाँ नगर सरकार, शिक्षा प्रशासन, विद्यालय व्यवस्थापन समिति, प्र.अ, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावको बीचमा सुमधुर सम्बन्ध स्थापित हुन्छ, त्यहाँनै शैक्षिक उत्पादन राम्रो हुन्छ । त्यसैले बुझक्कड भनिने वर्गलेनै समाजमा असहिष्णुता, अशिष्टता र वैमनस्य ल्याउने काम नगरौं । शालीनतापूर्वक उत्पन्न समस्याको समाधान गरौं ।सुनाैलाेपत्रिकाबाट
थप समाचार
-
बन्दीपुर–केशवटारमा ‘होमस्टे सर्किट’ अभियान सुरु: ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
गोर्खा संसारMarch 29, 2026चैत १४, बन्दीपुर। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होमस्टे सर्किट प्रवर्द्धन’ कार्यक्रम सुरु गरेका छन्। शनि... -
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो.... -
साजा वक्तृत्व कला रनिङशील प्रतियोगिता को उपाधि अमरज्योति जनता मा. वि को हातमा
गोर्खा संसारFebruary 21, 2026डा. रविन्द्र कडेल गोर्खाको पालुङ्टार नगरपालिका स्थित अमरज्योति जनता माध्यमिक विद्यालय लुइटेलमा पूर्व विद्यार्थीहरू को संगठन ( SAJA) को आयोजनामा सम्पन्न भएको वक्तित्वकला रनिङशील प्र... -
शिक्षकहरूका लागि योग, ध्यान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम सम्पन्न
गोर्खा संसारFebruary 11, 2026गोर्खा, माघ २८ गते गोर्खाको पालुङटार नगरपालिका मा शिक्षकहरूका लागि योगदान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम केन्द्रमा सम्पन्न भएको छ। पालुङटार नगरपालिका स्वास्थ्य शाखाक... -
पालुङटारमा शिक्षकहरूका लागि योग,ध्यान तथा तनाव व्यवस्थापनको चारदिवसीय शिविर सञ्चालन
गोर्खा संसारFebruary 10, 2026गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित ओशो कैलाश ध्यान केन्द्रमा शिक्षकहरूका लागि योग ध्यान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय सिविर सञ्चालन भइरहेको छ। माघ २५... -
पत्रकार महासङ्घ तनहुँले स्व. मियाँको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना गर्ने
गोर्खा संसारFebruary 8, 2026दमौली, २५ माघ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले पूर्व सल्लाहकार, नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष शेष मोहम्मद हनिफ (गोरा) मियाँको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना गर्ने घोषण...
