Gorkha Sansar

पालुङटारकाे शिक्षा शाखामा वडाध्यक्षद्वारा तालाबन्दी

भदौ २८, गोरखा । पालुङटार नगरपालिकाको शिक्षा शाखामा पालुङटार नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपक पाण्डले तालाबन्दी गरेका छन् । शिक्षक सरुवा प्रक्रियाको लागि एउटा कार्य विधी बनेको थियो जसमा बरिष्टता तथा क्षमतालाई नहेरी बिचबाट झिकेर, मनलाग्दि तरिकाले, आफ्ना नाता गोता, राजनितीक दलका आफ्ना मान्छे छानेर गरिएको छ । यस्तो हुँदा निष्पक्ष हुन सकेको छैन, त्यसैले त्यो प्रक्रियालाई सच्चाउनका लागि आँफुले तालाबन्दी गर्नु परेको पाण्डेले बताउनु भयो । पाण्डेले शक्तीको आडमा राजनितीक रुपमा दलका झण्डा बोक्ने, आफ्ना आसेपासे, गुणगान गाउनेहरुलाई संरक्षण गर्दै राम्रा भन्दा पनि हाम्रा मान्छे भत्ती गरेको भन्दै आक्रोस पनि व्यक्त गर्नु भयो ।
आफ्ना मान्छेलाई टप्पक टिपेर अगाडी लैजाने, पर्नु पर्ने लक्षीत वर्ग पदेै नपर्ने, निमुखा अशाहएको कुरा सुन्दै नसुन्ने गर्दै अगाडी बडेकाले आँफुहरुले यस्तो कदम चाल्नु परेको जनता समाजवादी पार्टी जिल्ला सदस्य समेत रहनु भएका वडा अध्यक्ष पाण्डेले बताउनु भयो ।
नगरपालिकामा धेरै बेथितीहरु रहेको छ, अब बिस्तारै ति सबै कुराको भण्डाफोर गर्ने छौ पाण्डेले भन्नु भयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.