Gorkha Sansar

युवा संघ बन्दिपुरद्वारा एम सी सी खारेजिको माग गर्दै डुम्रेमा विराेध -र्याली

एमालेको भातृ संगठन युवा संघ नेपाल बन्दिपुर गाउँ कमिटीले राष्ट्रघाती एम सी सी खारेजिको माग गर्दै विराेध -र्याली निकालेको छ।

राष्ट्रको हित बिपरित आएको एम सि सि संझौताको डटेर मुकाविला गरौं भन्दै शुक्रबार युवाहरुको र्यालि सहित डुम्रे बजार परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो।कार्यक्रमममा राष्ट्रघाती एमसिसी चाँहींदैन – देश बेच्न पाइँदैन, हाम्रो नेपाल , हाम्रो देश- प्राण भन्दा प्यारो छ।,We hate mcc,जयसिंह धामीको हत्यारालाइ कार्वाही गर ,लम्पसारवादी सरकार – मुर्दावाद !,परमादेशी देउवा सरकार – मुर्दावाद जस्ता नारा लगाउँदै युवाहरुलेबजार परिक्रमा गरेका थिए।

कार्यक्रमममा युवाहरुले अब एम सि सि विरुद्धको आन्दोलन शुरु भएको र देश विरोधी काम र सम्झौता गर्न कसैलाई छुट नभएको भन्दै जनताले त्यस्तालाई नछाड्ने बताएका थिए ।

उक्त कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य माधव अधिकारी, भगवान श्रेष्ठ, रवि श्रेष्ठ र बन्दीपुर पार्टी अध्यक्ष सुरेश थापा सहित स्वतःस्फूर्त रुपमा भानुका युवा तथा व्यापारीहरूको समेत उपस्थिति र समर्थनरहेको रहेको थियो।

रेडियो छिम्केश्वोरीबाट

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.