Gorkha Sansar

असाेज २० गते ९४ वटा वडाकाे अधिवेशन सम्पन्न गर्ने गरी नेकपा माओवादी केन्द्रले गाेरखाका सबै स्थानीय तहमा जिम्मेवारी ताेक्याे

गोरखा ।

नेकपा माओवादी केन्द्रले पार्टी सङ्गठनमा रिक्त रहेका पदहरुमा पदपूर्ती गर्न थालेकाे छ । जिल्ला पार्टी कार्यालयमा शुक्रबार बसेकाे जिल्ला समन्वय समितिकाे बैठकले जिल्लाका ११ वटै पालिकामा इञ्चार्च, सह इञ्चार्च, अध्यक्ष  र सचिव चयन गरेकाे छ । बैठकले असाेज २० गते ९४ वटा वडाकाे अधिवेशन सम्पन्न गर्ने निर्णय गरेकाे साे पार्टीले जनाएकाे छ । भदाै मसान्त भित्र पार्टी सदस्यता नविकरण गर्ने, असाेज १० गते टाेल भेला सम्पन्न गर्ने, कार्तिक ६ गते पालिका सम्मेलन सम्पन्न गर्ने बैठकले निर्णय गरेकाे हाे । जिल्लामा माओवादी केन्द्रका यस अघि १७ हजार सक्रिय पार्टी सदस्यहरु रहेकाे साे पार्टीले जनाएकाे छ ।

गोरखा नगरपालिकाको इन्चार्जमा कमला नहर्की, सहइन्चार्जमा राजकुमार कोइराला, डिलबहादुर सेञ्चुरी र धना तमू रहेका छन् । यस्तै अध्यक्षमा कृष्ण राना र सचिवमा गोवर्धन श्रेष्ठ रहेका माओवादी केन्द्रका जिल्ला समन्वय समितिका अध्यक्ष लेख बहादुर थापा मगरले जानकारी दिए ।

पालुङटार नगरपालिकाको इञ्चार्च खोपबहादुर कँडेल, अध्यक्ष विवश चिन्तन (गुणराज देवकाेटा) , सचिव रामचन्द्र सेढाईं रहेका छन् । सिरानचोक गाऊँपालिकाको इन्चार्ज नवराज पुडासैनी, अध्यक्ष पूर्णकुमारी कँडेल र सचिव शित्तलचन्द्र पोखरेल, अजिरकोट गाऊँपालिकाको इज्चार्ज दिपक देवकोटा, अध्यक्ष सनिल परियार र सचिव अनिता भुजेल रहेका छन् ।

चुमनुब्री गाऊँपालिकाको इञ्चार्च नीमा लामा तथा अध्यक्ष कुमारी गुरुङ र सचिव बलबहादुर गुरुङ, धार्चे गाऊँपालिकाको इञ्चार्च छमबहादुर गुरुङ, अध्यक्ष लक्ष्मण गुरुङ र सचिव सूर्य बहादुर गुरुङ चयन भएका छन् । बारपाक सुलिकोट गाऊँपालिकाको इञ्चार्च विष्णु भट्ट र सह इञ्चार्च भगवती तिवारी रहेका छन् भने अध्यक्षमा नरबहादुर गुरुङ र सचिवमा सनमाया गुरुङ चयन भएका छन् ।

शहिद लखन गाऊँपालिकामा  इञ्चार्च जिल्ला समन्वयले हेर्ने गरी अध्यक्षमा कृष्ण चेपाङ र सचिवमा ध्रुव खनाल चयन भएका छन् ।  गण्डकी गाऊँपालिकाको इञ्चार्च दिपकराज तिमिल्सिना, अध्यक्षमा सिताराम रसाइली र सचिवमा जीवन गुरुङलाई रहेका छन् । आरुघाट गाऊँपालिकाको इञ्चार्ज ऋषि खनाल, अध्यक्ष श्यामकुमार श्रेष्ठ र सचिव विष्णु खड्का, भिमसेन थापा गाऊँपालिकाको इञ्चार्च लोकनाथ बञ्जारा तथा अध्यक्ष सुजन पाण्डे र सचिव मदन शाक्य रहेका छन् ।

यसैगरी पार्टीले तिन प्रकारका आयाेगकाे निर्माण गरी सँयाेजक चयन गरेकाे जनाएकाे छ । निर्वाचन आयाेगमा जगन्नाथ खनाल, लेखा आयाेगमा दिपक देवकाेटा,अनुशासन आयाेगमा भगवती तिवारी रहेका छन् ।

छ प्रकारका विभाग गठन गर्दै त्यसकाे जिम्मेवारी समेत प्रदान गरेकाे अध्यक्ष थापाले जानकारी दिए । जसमा स्कुलिङ विभागमा खाेप बहादुर कँडेल, सङ्गठन विभागमा लेख बहादुर थापा मगर, प्रकाशन विभागमा लाेकनाथ बञ्जरा, आर्थिक विभागमा राजकुमार काेइराला, स्थानीय सत्तामा रमेश थापा र विष्णु भट्ट, शहिद वेपत्ता प्रतिष्ठानमा जिल्ला समन्वय कार्यालयले हेर्ने गरी जिम्मेवारी प्रदान गरेकाे उनले बताए ।

शुक्रबारकाे बैठकले जनवर्गीय सँगठनहरुकाे फ्रयाक्सन इञ्चार्ज समेत ठाेस गरेकाे साे पार्टीले जनाएकाे छ । वाइसिएल र पूर्व जनमुक्ती सेनाकाे जिम्मेवारी कमला नहर्की, विद्यार्थी लाेकनाथ बञ्जरा, शिक्षक बुद्धिजिवि ध्रुव भट्ट, कर्मचारी जगन्नाथ खनाल, पत्रकार अङ्कुर तिमिल्सिना, महिला कमला नहर्की, किसान ऋषिराज धाैराली, मजदुर विनाेद पाण्डे, शहिदबेपत्ता लाेकनाथ बञ्जरा, गुरुङ माेर्चा छम बहादुर गुरुङ, मगर माेर्चा कृष्ण बहादुर राना मगर,नेपाल श्याम श्रेष्ठ, बराम धामी बराम, भूजेल दिपक देवकाेटा, चेपाङ कृष्ण चेपाङ, कुमाल, माझी, दराइ दिपकराज तिमिल्सिनाले हेर्ने गरी जिम्मेवारी ठाेस गरिएकाे अध्यक्ष थापाले जानकारी दिएका छन् ।

भेलालाइ पार्टी केन्द्रिय सदस्य एवँ जिल्ला इञ्चार्ज कृष्ण प्रसाद धिताल, अमर तमु, शुसिला सिँखडा, जिल्ला अध्यक्ष लेख बहादुर थापा मगर लगायतले सम्बाेधन गरेका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.