Gorkha Sansar

दुई निर्दोष सैनिक दुई वर्षदेखि जेलमा,सैनिक विशेष अदालतको आदेशअनुसार रिहा

चितवन, १८ भदौ ।

साढे दुई वर्षदेखि जेलमा राखिएका दुई निर्दोष सैनिक रिहा भएका छन् । सर्ट मेसिन गन (एसएमजी) चोरीको झुठो अभियोगमा जेल सजाय काटिरहेका सैनिक अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङलाई निर्दोष ठहर गर्दै सैनिक विशेष अदालतले रिहा गर्न आदेश दिएसँगै उनीहरु रिहा भएका हुन् ।

सैनिक विशेष अदालतको पाटन उच्च अदालतका न्यायाधीश सैनिक विशेष अदालतका अध्यक्ष लोहितचन्द्र शाह, नेपाली सेनाका कानुन विभाग प्रमुख उपरथी रत्नप्रकाश थापा र रक्षासचिव बेगेन्द्रराज शर्माको बिहीबार बसेको संयुक्त इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो।

सैनिक विशेष अदालतको आदेशअनुसार पत्र चितवन जिल्ला कारागारमा पठाएपछि उनीहरु रिहा भएका हुन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.