Gorkha Sansar

बिद्यालय बन्द भएको बेला पनि बिद्यार्थीहरुलाई आवासीय छात्रवृत्ति बाँडेपछि ………….

गोरखा १६, भदौ ।

बिद्यालय बन्द भएको बेला पनि बिद्यार्थीहरुलाई आवासीय छात्रवृत्ति दिएको भन्दै गोरखाका ३ गाउँपालिकाका ११ वटा बिधालयबाट ४७ लाख रुपैया असुल गर्न महालेखाले निर्देशन दिएको छ ।कोरोना महामारीका बेला बिद्यालय बन्द भएको र शैक्षिक क्रियाकलाप सञ्चालन नभएको भन्दै गोरखाको आरुघाट, चुमनुब्री र धार्चेको ११ बिद्यालयबाट ४७ लाख २८ हजार रुपैयाँ असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्न महालेखाले भनेको हो ।

आवासीय छात्रवृत्ति अन्तरर्गत प्रत्येक बर्ष बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले बर्षको १० महिना बरावर महिनाको ४ हजार रुपैयाँले पाउने गर्दछ । तर कोरोनाका कारण बिद्यालय बन्द भई शैक्षिक क्रियाकलाप सञ्चालन नरहेकोले बैशाख देखि आषाढसम्मको आवासीय छात्रवृत्ति बापतको रु ४७ लाख २८ हजार असुल गरेर कोषमा दाखिला गर्न महालेखाले निर्देशन दिएको छ।
महालेखाको ५८औं बार्षिक प्रतिवेदन २०७८ को २४४ नम्बरमा आवासीय छात्रवृत्ति सम्वन्धी निर्णय सार्वजनिक गर्दै सामुदायिक बिद्यालयमा आवासमा अध्ययन सुबिधाका बिद्यार्थीहरुका बिधालय बन्द भएको बेलामा पनि प्रति बिद्यार्थी प्रति महिना रु ४ हजारका दरले दश महिनाको आवासीय छात्रवृत्ति अनुदान उपलब्ध गराइएको कागज पेश भएको उल्लेख छ । जिल्लाको गोरखाका आरुघाट, चुमनुब्री र धार्चे गाउँपालिकाले ११ बिद्यालयलाई १० महिनाका लागि आवासीय छात्रवृत्ति निकासा गरेको जनाएको छ ।

महालेखाकै सोही प्रतिवेदनमा ‘कोभिड–१९ का कारण २०७६–१२–११ गतेदेखि पालिकाका सबै बिद्यालय बन्द भई शैक्षिक क्रियाकलाप सञ्चालनमा नरहेकोले बैशाखदेखि आषाढसम्मको आवासीय छात्रवृत्ति रु ४७ लाख २८ हजार असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने भनेको छ ।

पालिका मार्फत प्राप्त सूचना अनुसार आरुघाट गाउँपालिकाको थुमीमा रहेको जलकुमारी मावि, मान्बुमा रहेको भवानी मावि, धार्चे गाउँपालिकाको मणीकाम देवी मावि र केरौजा मावि र चुमनुब्रीमा रहेको फिलिमको बुद्व मावि, ल्होमा रहेको ल्हो आधारभूत बिद्यालय, प्रोकमा रहेको नुब्री आधारभूत बिद्यालय रहेका छ्न । त्यस्तै सामागाउँमा रहेको गौरी शंकल आधारभूत बिद्यालय, चुम्चेतमा रहेको सिद्व गणेश आधारभूत बिद्यालय, छेकम्पारमा रहेको बुद्व आधारभूत बिद्यालय र बिहीमा रहेको सेराङ गुम्बा आधाभूत बिद्यालयले संघ सरकार मार्फत प्राप्त आवासीय छात्रवृत्ति पाउदै आएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.