Gorkha Sansar

१२ गतेदेखि गोरखामा लगाइएको निषेधाज्ञा खुकुलो हुने

आउँदो भदौ १२ गते शनिबारदेखि गोरखामा लगाइएको निषेधाज्ञा केही खुकुलो हुने भएको छ ।

बिहिबार सम्पन्न जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले गत साउन ३२ गतेअघिको झैँ आंशिक खुल्ला गर्ने निर्णय गरेको हो ।

बैठकले बजार, वैँक, लामो, छोटो दुरीका सवारी साधन(यातायात) खुल्ला गर्ने निर्णय गरेको छ ।

बैठकले बजार दिउसो दुई बजेसम्म खुलाउने, निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा चलाउने, सार्वजनिक सवारी साधन चलाउने, राष्ट्रिय वाणिज्य वैँकबाहेक अरु सबै वैँक सुचारु गराउने, वाणिज्य वैँक भने अझै एकहप्तासम्म अहिलेझैँ बन्द गराउने निर्णय गरेको छ । त्यस्तै मालपोत, प्रशासनलगायतका कार्यालयहरु बारअनुसार सेवा सुचारु गराउने निर्णय भएको छ ।

कोभिड संक्रमण दर बढेपछि गत भदौ १ गतेदेखि १० दिनसम्मका लागि जिल्ला प्रशासन कार्यालय गोरखाले कडा निषेधाज्ञा लागु गरेको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.