Gorkha Sansar

छोराले मात्र काजक्रिया गर्नपर्छ भन्ने मान्यता तोडने साहसी छोरी

गोरखा, २ भदौ ।
छोराले मात्र काजक्रिया गर्नुपर्छ भन्ने सामाजिक मान्यतालाई तोड्दै आफ्नी आमाको मृत्यु पश्चात काजक्रिया गर्ने साहसिक छोरीलाई वर्षदिनको पढाई खर्चको व्यवस्था हुने भएको छ । आमाको मृत्यु पश्चात शोकमा रहेको बेला पनि सामाजिक मान्यता तोड्दै काजक्रिया गरेका गोरखा नगरपालिका १४ कि अर्चना नराललाई स्थानीय समाजसेवी रामप्रसाद खनालले वर्षदिनको पढाई खर्चको व्यवस्था आफूले गरिदिने घोषणा गर्नुभएको छ ।
नरालको आमा इन्दिरा नरालको यहि असार ६ गते कोरोना संक्रमणका कारण निधन भएको थियो। ३ बहिनी छोरी मात्र रहेको नराल परिवारमा आमाको काजक्रियाको लागि तिनै छोरीहरु कपाल मुण्डन गरेर बसेका थिए । उनीहरुले सामाजिक मान्यतालाई तोड्दै साहसिक काम गर्दै समाज परिवर्तनका लागि सकरात्मक भुमिका निर्वाह गरेको भन्दै धेरैले प्रशंसा गरेका थिए ।
सोहि क्रममा आँबुखैरेनी क्याम्पस आँबुखैरेनीमा बि.एड. दोस्रो वर्षमा अध्ययनरत जेठी छोरी अर्चना नरालको सम्पूर्ण खर्च स्थानीय समाजसेवी रामप्रसाद खनाल व्यहोर्ने सम्झौता भएको क्याम्पस प्रमुख ऋषि के.सी.ले जानकारी दिए । क्याम्पस प्रमुख के.सी.का अनुसार समाजसेवी खनालले बि.एड दोस्रो वर्षको वार्षिक शुल्क २२ हजार मध्ये पहिलो किस्ता वापत ११ हजार रुपैयाँ क्याम्पसलाई हस्तान्तरण गरिसक्नुभएकछ भने बाँकी रकम माघमा भुक्तानी गर्ने सहमती भएको छ ।
समाजसेवी खनालले आफु स्वंयम उपस्थित हुन नसक्ने भएपछि भाईहरु रामहरि खनाल र रामेश्वर खनाल मार्फत रकम हस्तान्तरण गर्नुभएको थियो । यसैबिच, रकम हस्तान्तरण गरी सहयोग गरेकोमा समाजसेवी दाता खनाललाई क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख ऋषि के.सी.ले धन्यवाद ज्ञापन गर्नुुभएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.