Gorkha Sansar

गाेरखा अस्पतालमा एक काेराेना संक्रमित महिलाकाे मृत्यु

गोरखा १,  भदौं :

गोरखामा कोभिड अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको आज मृत्यु भएको छ ।  आरुघाट गाउँपालिकाकी एक कोरोना सक्रमित महिलाको उपचार गर्दा गर्दैै मृत्यु भएको हो।  आरुचनौटे प्राथामिक स्वास्थ्य केन्द्रको कोभिड अस्पतालमा उपचाररत ८१ बर्षकी महिलाको उपचारको क्रममा मृत्यु भएको आरुघाट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिजय श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर ३ थुमी घर भएकी ति महिलामा साउन २८ गते कोरोना पुष्टी भएको थियो । कोरोनासंग मिल्दोजुल्दो लक्षणदेखिएपछि २६ गते स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि पठाइएकोमा उहाँलाई कोरोना पुष्टी भएको थियो ।

स्वास्थ्य समस्या देखिदै गएपछि कोभिड अस्पतालमा भर्ना आइतबार भर्ना गरिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । मृतक महिलाको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.