Gorkha Sansar

महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे छानविन गर्न गठित टोलीले १६ दिनसम्म पनि प्रतिवेदन बुझाएन

३२ साउन, काठमाडौं ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास गाउँपालिका–२, मालगाउँका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे छानविन गर्न गठित टोलीले १६ दिनसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन ।

गृहमन्त्री बालकृष्ण खाँणले सह–सचिव जनार्दन गौतमको नेतृत्वमा छानविन टोली गठन गर्दै १० दिनको समय दिएका थिए । घटनास्थलमा पुगेर अध्ययन गरेको टोलीले समय अभाव भएको भन्दै समितिले थप ७ दिन म्याद दिन आग्रह गर्यो । ‘त्यहीअनुसार थप ७ दिनको म्याद समितिलाई दिइएको छ’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.