गोरखा – गोरखामा भदौ १ गतेदेखि भदाै ११ गतेसम्म लकडाउन गरिने भएको छ । आज आइतवार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले भदौ १ गते राति १२ बजेदेखि लागू हुने गरी भदौ ११ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लकडाउन अवधिभर अत्यावश्यकबाहेकका सबै पसल, व्यवसाय बन्द गर्ने, बैङ्क तथा वित्तीय संस्थाको सेवा पनि बन्द गर्ने र अहिले खुल्दै आएका सरकारी कार्यालयको सेवा पनि बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले बताउनुभयो । बैठकले अहिले जारी निषेधाज्ञालाई कायम राख्दै थप कडाइ गर्ने निर्णय गरेको हो । गाेरखामा पछिल्लो पटक निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । त्यसैलाई भदौ ११ गते राति १२ बजेसम्म निरन्तरता दिँदै थप कडाइ गर्ने निर्णय भएको हो ।कोभिड व्यवस्थापन समितिको निर्णयअनुसार अत्यावश्यक सामग्रीका पसल बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खुल्नेछन् । अत्यावश्यक अन्तर्गत दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दुध, दही, माछामासु, कृषिजन्य बिउबिजन, मल, पशुपक्षीको दाना बिक्री गर्ने पसल, निर्माण सामग्री बिक्री गर्ने पसल, वर्कशप लगायतलाई समावेश गरिएको छ ।
थप समाचार
-
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्... -
वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा
गोर्खा संसारDecember 29, 2025बुटवल, नेपा ल | नेपाली वर्डप्रेस समुदाय आगामी जनवरी २३ र २४ मा बुटवलको मनोरम मणिग्राम विश्राम बाटिकामा आयोजना हुने 'वर्डक्याम्प नेपाल २०२६' को भव्य तयारीमा जुटेको छ। १० नोभेम्बर २... -
फागुन २१ काे निर्वाचनका लागि ९ लाख १५ हजार मतदाता बढे, ७५ मतदान स्थल थप
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते अागामी फागुन २१ हुने भनिएकाे निर्वाचनमा भाग लिने मतदाताकाे संख्या गत निर्वाचनकाे भन्दा ९ लाख १५ हजार जना बढेका छन् । निर्वाचन अायाेगले अाज एक विज्ञप्ति जारी गरी अन्ति... -
मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि एक दिवसीय शिक्षामा क्रान्ति कार्यशाला सम्पन्न
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा अवस्थित अाेशाे कैलाश अाश्रम मा अाज मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि शिक्षामा क्रान्ति अन्तर्गत एक दिवसीय रूपान...
