गोरखामा चालु खर्चमा संघीय र पुँजिगत खर्चमा प्रदेश कार्यालय अगाडि देखिएका छन् । संघीय सरकार माताहतका कार्यालयमा चालुखर्च ९० दशमलव ७० प्रतिशत भएको छ भने पुँजिगत खर्च ३४ दशमलव ३४ प्रतिशत छ ।चालु खर्चअन्र्तगत तलब भत्तामा धेरै बजेट रहेको हुन्छ । त्यो खर्च प्रतिशत पनि धेरै छ । पँुजिगत खर्चअन्तर्गत बिकास निर्माणका बजेट धेरै पर्छन् । त्यसतर्फको खर्च भने मुस्किलले ३५ प्रतिशतसम्म भएको पाइएको छ । कोभिड १९ को कारण पुँजीगत खर्च कम भएको कार्यालयहरु बताउँछन् ।आठअर्ब आठकरोड ४७ लाख ५९ हजार चालु खर्चमध्ये करिब ९१ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । तीन अर्ब ५८ करोड १४ लाख ५२ हजार मध्ये करिब ५३ प्रतिशत पुँजीगत खर्च भएको छ ।प्रमुख कोष नियन्त्रक नारायणदत्त शर्माले पुँजीगत खर्चमा प्रदेश अन्र्तगत बढि प्रगति रहेको बताए । गण्डकी प्रदेश सरकारको चालुतर्फ ५४ करोड सात लाख ५० हजार खर्च भएकोे छ । कुल बजेटको ७२ दशमलव ७६ प्रतिशत खर्चभएको हो । पुँजीगततर्फ दुई अर्व ८३ करोड ३७ लाख ३१ हजार खर्च भएको छ । यो कुल बजेटको ८८ दशमलब ४६ प्रतिशत हो ।आर्थिक वर्ष २०७७÷७८ मा संघीय सरकार अन्तर्गतको कार्यालयमार्फत गोरखाबाट ८५ करोड ४० लाख र प्रदेश अन्तर्गतबाट ८३ करोड ४४ लाख रुपैयाँ दाखिला भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले आर्थिक वर्ष सकिएसँगै २०७७÷०७८ को संघीय र प्रदेश मातहतका कार्यालयको एकमुष्ट बिवरण सार्वजनिक गरेको जनाएको छ ।
थप समाचार
-
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्... -
वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा
गोर्खा संसारDecember 29, 2025बुटवल, नेपा ल | नेपाली वर्डप्रेस समुदाय आगामी जनवरी २३ र २४ मा बुटवलको मनोरम मणिग्राम विश्राम बाटिकामा आयोजना हुने 'वर्डक्याम्प नेपाल २०२६' को भव्य तयारीमा जुटेको छ। १० नोभेम्बर २... -
फागुन २१ काे निर्वाचनका लागि ९ लाख १५ हजार मतदाता बढे, ७५ मतदान स्थल थप
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते अागामी फागुन २१ हुने भनिएकाे निर्वाचनमा भाग लिने मतदाताकाे संख्या गत निर्वाचनकाे भन्दा ९ लाख १५ हजार जना बढेका छन् । निर्वाचन अायाेगले अाज एक विज्ञप्ति जारी गरी अन्ति... -
मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि एक दिवसीय शिक्षामा क्रान्ति कार्यशाला सम्पन्न
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा अवस्थित अाेशाे कैलाश अाश्रम मा अाज मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि शिक्षामा क्रान्ति अन्तर्गत एक दिवसीय रूपान...
