बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ । खोपका लागि लक्षित वर्ग नतोकेका कारण मन्त्रालयको निर्देशन नआउँदा सम्मका लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए ।सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशनअनुसार बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदासम्मका लागि स्थगित भएको उनको भनाइ छ । सरकारले तोकेको लक्षित वर्ग छुटेको भए ती व्यक्तिलाई भने खोप लगाइने खत्रीले बताए । सरकारले लक्षित गरेका करिब सबै नागरिकले खोप पाइसकेको र अर्को लक्षित वर्ग तोकी नसकेकाले खोप लगाउन नसकिएको उनले बताए ।बागलुङमा अझै करिब १४ हजार डोज बाँकी छ । सरकारले अब बाँकी रहेको खोप कुन वर्गलाई दिने भनेर निर्णय गरिनसकेको उनको भनाइ छ । सरकारबाट नयाँ लक्षित वर्ग तोकिएपछि मात्रै खोप अभियानलाई अगाडि बढाइने छ । बागलुङमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । हालसम्म जिल्लामा ५१ हजार ४८७ ले खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । जिल्लामा जोन्सन एण्ड जोन्सन ११ हजारभन्दा बढी, भेरोसेल २२ हजार र कोभिशिल्ड १४ हजार ६४० ले लगाएको सुपरभाइजर खत्रीले जानकारी दिए ।
थप समाचार
-
लायन्स इन्टरनेसनल मल्टिपलको इतिहासमा पहिलोपटक महिला नेतृत्व
गोर्खा संसारJune 4, 2025काठमाडौं । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ ले ५४ वर्षको नेपाली लायनिज्म इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको छ । डिष्ट्रिक्ट ३२५ जे को लायन वर्ष २०२४÷२५ की गभर्नर तथा मल... -
गुरुकुलमा गायत्री पोषण तथा सप्ताह ज्ञान महायज्ञ जारी
गोर्खा संसारJune 4, 2025गोर्खाको पालुङ्टार नगरपालिका वडा नं ७ च्याङ्लिस्थित ओमकार योग आयुर्वेद गुरुकुलमा गायत्री प्रचरण एवं श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गत जेठ १५ गतेदेखि निरन्तर चलिरहेको छ। गुरुक... -
अमेरिकाले रोक्यो विदेशी विद्यार्थीको भिसा प्रक्रिया
गोर्खा संसारMay 28, 2025अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ । अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रु... -
पूर्व प्रधानमन्त्री एवँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड द्वारा प्रमुख प्रशासकीय भवनको उद्घाटन
गोर्खा संसारMay 28, 2025राजेन्द्र न्यौपाने १३ जेठ, गोरखा । गोरखा जिल्लाको शहिदलखन गाउँपालिकाको प्रमुख प्रशासकीय भवन अन्य पालिकाकाे तुलनामा नमुना बनेकाे छ । भवनकाे पूर्व प्रधानमन्त्री एवँ नेकपा माओवादी ... -
कृष्णसेन इच्छुकको २४ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी स्मरण गरिदै
गाेर्खा संसारMay 27, 2025काठमाडौं । जनयुद्धका महान सहिद तथा पत्रकार एवम् साहित्यकार कृष्णसेन इच्छुकको आज २४ औं स्मृति दिवस हो । इच्छुक सांस्कृतिक प्रतिष्ठान लगायतका विभिन्न संघ, संगठन र संस्थाको आयोजनामा व... -
पुलमा भ्वाङ परेपछि दुइतर्फी सवारी अवरुद्ध
गाेर्खा संसारMay 27, 2025काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि दुइतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । अहिले पृथ्वी राजमार्ग हुँदै चल्न...