राप्ती,श्रावण ९/राप्ती नगरपालिका वडा नम्बर २ पन्थडाडाका खड्कनाथ योगि फिरि लगाउने एक कान चिरुवा भिक्षु हुन ।उनको कार्तिक महिना र चैत्र महिना भर न सुत्ने फुर्सद हुन्छ न त खाना खाने नै फुर्सद हुने गर्छ। योगि रात भरी राप्ती नगरपालिकाको साबिक पिप्ले, भण्डारा र बिरेन्द्रनगर गाबिस अन्तरगत पर्ने घर घरमा रातिको समयमा फिरि लगाउदै हिड्छन भने दिउँसो सिदा उठाउदै हिड्छन ।योगिको यो फुर्ख्यौली पेसा हो । उनीसंग गोरखनाथ पुजारिको लाइसेन्स समेत छ ।२०४२ साल देखि फिरि लगाउने पुर्खौली पेसा गर्दै आएका खड्कनाथ योगि बिशेषत सामाजिक सेवा गर्न र आफू समाजप्रति उत्तरदायी हुन खुब मन पराउछन ।यसरी फिरि लगाउदै मागेको भिक्षालाई संकलन गरि उनले आफ्नै ब्याक्तिगत लगानिमा पन्थडाडा स्थित श्री गोरखनाथ मन्दिर नजिकै एउटा सार्बजनिक प्रतीक्षालयको निर्माण गरिदिएका छन । यतिखेर रु. २,००,०००/- (दुई लाख) रुपैया बराबरको लगानिमा योगिले निर्माण गरिदिएको उक्त प्रतीक्षालयमा स्थानीय र बाटोमा हिड्ने बटुवाको लागि थकाइ मार्ने बिश्वाम स्थलको रुपमा लोकपि्रय छ ।यसरी कान चिरुवा भिक्षुले बर्ष भरी फिरि लगाएर संकलन गरेको पैसाले सुन्दर प्रतीक्षालय बनाइदिए पछि यतिखेर योगिको सामाजिक कार्य प्रतिको योगदानलाइ सबैले प्रशंसा गर्न थालेका छन ।समाजका उद्योगि,व्यावसायि,जागिरे र ठुला पहुचवालाको आँखा यस्तो ठाउमा जान नसक्नु र एउटा कान चिरुवा जोगिले यति गर्नु भनेको त्यस्ता ब्यक्तिलाइ योगिले दिएको सांकेतिक चुनौती हो भन्छन स्थानीय टोल बिकास संस्थाका अध्यक्ष एक बहादुर ल्वागुन ।योगिले श्री गोरखनाथ मन्दिर परिसर जाने सिडि समेत आफ्नै लगानिमा बनाइदिएको हामीसंगको कुराकानीमा बताउनु बताए ।
थप समाचार
-
साजा वक्तृत्व कला रनिङशील प्रतियोगिता को उपाधि अमरज्योति जनता मा. वि को हातमा
गोर्खा संसारFebruary 21, 2026डा. रविन्द्र कडेल गोर्खाको पालुङ्टार नगरपालिका स्थित अमरज्योति जनता माध्यमिक विद्यालय लुइटेलमा पूर्व विद्यार्थीहरू को संगठन ( SAJA) को आयोजनामा सम्पन्न भएको वक्तित्वकला रनिङशील प्र... -
शिक्षकहरूका लागि योग, ध्यान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम सम्पन्न
गोर्खा संसारFebruary 11, 2026गोर्खा, माघ २८ गते गोर्खाको पालुङटार नगरपालिका मा शिक्षकहरूका लागि योगदान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम केन्द्रमा सम्पन्न भएको छ। पालुङटार नगरपालिका स्वास्थ्य शाखाक... -
पालुङटारमा शिक्षकहरूका लागि योग,ध्यान तथा तनाव व्यवस्थापनको चारदिवसीय शिविर सञ्चालन
गोर्खा संसारFebruary 10, 2026गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित ओशो कैलाश ध्यान केन्द्रमा शिक्षकहरूका लागि योग ध्यान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय सिविर सञ्चालन भइरहेको छ। माघ २५... -
पत्रकार महासङ्घ तनहुँले स्व. मियाँको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना गर्ने
गोर्खा संसारFebruary 8, 2026दमौली, २५ माघ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले पूर्व सल्लाहकार, नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष शेष मोहम्मद हनिफ (गोरा) मियाँको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना गर्ने घोषण... -
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय आँबुखैरेनी उपशाखा भवनको शिलान्यास
गोर्खा संसारFebruary 2, 2026आँबुखैरेनी, १९ माघ — ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयस्थित उपशाखा भवनको शिलान्यास गरिएको छ। आईतबार आयोजित विशेष समारोहमा आँबुखैरेनी गाउँपालिका...
