Gorkha Sansar

पालुङ्ग्टार-६ मा माछापुच्छ्रे बैकको शाखा रहित बैङ्ग्किङ्ग सेवा शुरु:

गाेरखा,साउन ९
माछापुच्छ्रे बैंक आबुखैरेनी शाखाले पालुङ्ग्टार नगरपालिकाको बार्ड न. ६ पौवाटारमा शाखा रहित बैङ्गकिङ्ग सेवा तथा बैक सङ्ग आवद्ध विभिन्न कम्पनिका रेमिटेन्सहरु आज बाट सन्चालनमा ल्याएको छ। माछापुच्छ्रे बैक आबुखैरेनी शाखाका प्रबन्धक शोभा श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम सप्पन्न भएको थियो भने प्रमुख अतिथिमा पालुङ्ग्टार न.पा. का प्रमुख ई. दिपक बाबू कडेल, अथिति वडा अध्यक्ष गोबिन्द बोरकोटी, माछापुच्छ्रे बैकका ऋण शाखाका राहुल कुमार पन्डित, आबुखैरेनी तनहुँका समाजसेवी तथा ब्यवसायी प्रमोद वाग्ले, अन्जन श्रेष्ठ, सुरेन्द्र कुमार श्रेष्ठ, रमेश कुमार श्रेष्ठ को उपस्थिति रेहेको थियो। कार्यक्रमको अबसरमा नगर प्रमुख कंडेलले बैकको यस्तो कार्यलय खोलेर पालुङ्ग्टार निवासिलाई बैककिङ्ग कारोबार गर्न अब शहरमुखी नभैइ आफनै गाउँघरमा बसि कारोबार गर्न पाइएकोमा विशेष धन्यवाद दिदै आगामी दिनमा वार्ड न.७ बिरुवाटारमा पनि केही बैंक तथा बितिय सस्थाहरु सन्चालनमा गरिने जानकारी पनि दिनु भएको छ। उक्त शाखा रहित बैककिङ्ग सेवा वार्ड न ६ का स्थानिय आशा श्रेष्ठ र टिकाराम श्रेष्ठले सन्चालन गर्नु भएको हो। कार्यक्रम बैकका ऋण शाखाका सुशील कैनिले सन्चालन गर्नु भएको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.