Gorkha Sansar

पालुङ्टारकाे बाढी पहिराे प्रभावित क्षेत्रमा पूर्व प्रधानमन्त्री भट्टराइ, प्रदेश साँसद अाचार्य काे स्थलगत अनुगमन

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई गोरखाकाे  पालुङटार नगरपालिका भित्रका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएकाे छ ।

बाढी पहिरो प्रभावित क्षेत्रको भौगविक अध्ययन गर्न अनुरोध गर्दै उनले जोखिममा परेका बस्तीलाई सुरक्षित स्थानान्तरण गर्नुपर्ने उहाँले बताउनुभयाे ।
संघ र प्रदेशको समन्वयमा पालुङटार नगरपालिकाले बाढी र पहिरोबाट बिस्थापितलाई तत्काल र दिर्घकालिन रातहको कार्यक्रम ल्याउनुपर्ने बताउनुभएकाे छ ।

भट्टराई सँगै गण्डकी प्रदेशका मन्त्री एवं सो क्षेत्रका प्रदेश सांसद हरिशरण आचार्य पनि स्थलगत अवलोकनमा सहभागी हुनुभएकाे थियाे  । प्रदेश सरकारले बाढी पहिरो पिडितलाई सहयोग गर्ने प्रदेश सँासद अाचार्यले बताउनुभयाे । भट्टराइ र अाचार्यले  बढहरे खोला, छापथोक, राउतेपानी, खोल्ली गाउँ, लिगलिगकोट,बोहोरागाउँ लगायत ठाउँको अवस्था बारे अवलोकन गरेका थिए । यस अघि सो क्षेत्रको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि बाढी पहिरोबाट भएको क्षतीको अनुगमन र स्थानीय संग छलफल गर्नुभएकाे  थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.