Gorkha Sansar

गौबध मुद्दाका फरार अभियुक्त १ जना पक्राउ 

  सम्मानित गोरखा जिल्ला अदालत गोरखाबाट कैद सजाय तोकिई फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्ने अभियान अन्तर्गत अदालतको फैसला कार्यान्वयनको सिलसिलामा १ बर्ष कैद तोकिएका गौबध  मुद्दाका फरार अभियुक्त जिल्ला गोरखा, बारपाक सुलिकोट गा.पा. वडा नं. ७ बस्ने बर्ष ३० को बिकास सार्कीलाई आज मिति  २०७८।०३।२५ गते पक्राउ गरी आजै कैद असुल उपरको लागि सम्मानित गोरखा जिल्ला अदालत गोरखा पठाईएकोमा सम्मानित अदालतको आदेशले निज बिकास सार्कीलाई कैद भुक्तानको लागि कारागार कार्यालय गोरखामा पठाईएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जानकारी दिएकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.