Gorkha Sansar

पहिरोको कारण २ जनाको मृत्यु

केही दिन देखिको अविरल वर्षाको कारण २०७८।०३।१९ गते बिहान अं. ०६:३० बजेको समयमा जिल्ला गोरखा, सिरानचोक गा.पा. वडा नं. ७ उपल्लो गोहोरे भन्ने स्थानमा रमन पाण्डेको घर माथिबाट पहिरोको ढिस्को खस्न गई भुकम्प पुर्ननिर्माण पछि बनेको टिनले छाएको एक तले कच्ची घर पहिरोको कारणले पुर्णरुपमा पुरिएकोमा स्थानिय छिमेकीहरुले तत्काल प्रहरीलाई उक्त घटनाको सम्बन्धमा जानकारी गराई उक्त घरमा २ जना श्रीमान श्रीमती बस्दै आएको जानकारी गराए पश्चात उद्धारको लागि ईलाका प्रहरी कार्यालय जौबारीबाट प्रहरी निरीक्षक सहितको टोली उक्त स्थानमा खटिई स्थानिय समेतको सहयोगमा पुरेको ठाउँमा खोजी तथा उत्खनन कार्य गरी सके पश्चात ०९:३० बजेको समयमा तपसिलमा उल्लेखित निज २ जना व्यक्तिहरुको शव फेला परेको, मृत अवस्थामा निजहरुको उद्धार पश्चात मुचुल्का लगायतका आवश्यक कार्यहरु जारी रहेको । 

निम्न :-

  1. जिल्ला गोरखा, सिरानचोक गा.पा. वडा नं. ७ उपल्लो गोहोरे बस्ने बर्ष अं. ८० को रमन पाण्डे । 
  2. ऐ. ऐ. बस्ने बर्ष ७० कि नन्द कुमारी पाण्डे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.