Gorkha Sansar

आँपपिपल अस्पताललाई गण्डकी प्रदेश सरकारकाे स्वास्थ्य सामग्री हस्तान्तरण

पाेखरा । गण्डकी प्रदेश सरकारले गोरखाको आँपपिपल अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य सामाग्रीसहित प्रदेश सरकारका बिनाबिभागीय मन्त्री हरिशरण आचार्य आज आँपपिपल अस्पताल पुगेका थिए ।अक्सोमिटरसहित आइसियुका लागि आवश्यक सामाग्रीहरु अस्पताललाई दिएको आचार्यले बताए । मन्त्री आचार्यकै पहलमा आँपपिपल अस्पतालको स्तरोन्तीका लागि प्रदेशको निती तथा कार्यक्रममा योजना समावेश गरिएको थियो ।

करिब 20 बर्ष अगाडि आँपपिपल अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा चिनिदै आएको थियो । तर पछिल्लो समय पुर्वाधार अभाब र जनशक्ति अभाबको कारण पुरानो साख जोगाउन पनि अस्पताललाई हम्मेहम्मे परेको थियो ।अस्पताल व्यवस्थापन समिति सदस्य तथा वडा नं ३ का अध्यक्ष रेशम बहादुर अधिकारिको अध्यक्षता तथा वडा नं २ का अध्यक्ष लोकनाथ वाग्लेले सञ्चालन गरेको कार्यक्रममा अस्पताल प्रशासन प्रमुख बाबुराम गिरी तथा डा. पवन अग्रवालले अस्पतालको समग्र अबस्था बारे जानकारी तथा अस्पताललाई ५० शैयाको अस्पतालका रुपमा सञ्चालन गर्न सहयोग गरिएकोमा धन्यवाद तथा मन्त्री बन्न सफल भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

साथै बौद्ध हिमाल युवा क्लवको सभा हलमा उध्योग वाणीज्य संघ पालुङ्टार इकाइबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।साथै संसद बिकास कोषबाट विनियोजन गरिएको वजेटबाट भइरहेको कामको समेत मन्त्री आचार्यले अनुगमन गरेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.