Gorkha Sansar

गाेरखामा जडिबुटी खाेज्न गएका १जनाकाे भीरबाट लडेर बेपत्ता, ४ जनाकाे उद्धार, जिल्ला प्रहरी कार्यालय गोरखाकाे विज्ञप्तिसहित

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रहरी कार्यालय गोरखा

Email:- dpogorkhacrime@neaplpolice.gov.np

 

मिति :२०७८/०३/०७ गते ।

जडीबुटी खोज्न गएका १ जना पुरुष भिरबाट लडी बेपत्ता :-

 

मिति २०७८।०२।२६ गते जिल्ला गोरखा, बारपाक सुलिकोट गा.पा. वडा नं. १ र लमजुङको सिमानामा पर्ने बौद्ध हिमालमा जडीबुटी(वन लसुन) खोज्न भनि निम्न मानिसहरु गएकोमा निजहरु मध्ये जिल्ला गोरखा, चुमनुब्री गा.पा. वडा नं. ३ सिर्दिबास बस्ने बर्ष २४ को सुरेन्द्र गुरुङ हिजो मिति २०७८।०३।०६ गते दिउँसो अं. ०३:०० बजे सोही स्थानमा जडीबुटी खोज्दै गर्दा एक्कासी भिरबाट लड्न गई बेपत्ता भएको, संगै गएका व्यक्तिहरुले निज सुरेन्द्र गुरुङको भिरबाट लडेकोमा निजको मृत्यु भएको आशंका गरी आफुहरुलाई समेत उद्धारको लागि आफन्त र प्रहरीलाई जानकारी गराएको र तत्काल प्रतिकुल मौसमको कारणले लडी बेपत्ता भएको व्यक्तिको खोजतलास सम्भव नभएकोले मौसममा सुधार आउने बित्तिकै लडी बेपत्ता भएका व्यक्तिको खोजतलास गरिने, बाँकी व्यक्तिहरुलाई सो स्थानबाट सिम्रिक एयरको हेलीकप्टरबाट उद्धार गरी धार्चे गा.पा. वडा नं. ४ लाप्राक स्थित निजहरुको आफन्तहरुको घरमा सकुशल ल्याईएको र निजहरुको हालको स्वास्थ्य अवस्था समेत सामान्य रहेको जानकारी प्राप्त ।

उद्धार भएका व्यक्तिहरु :-

  • जिल्ला गोरखा, धार्चे गा.पा. वडा नं. ४ लाप्राक बस्ने बर्ष ३० को सुवास गुरुङ ।
  • ऐ. चुमनुब्री गा.पा. वडा नं. ३ सिर्दिबास बस्ने बर्ष ५० को धन प्रसाद गुरुङ ।
  • ऐ. ऐ. बस्ने बर्ष ४२ को तुल बहादुर गुरुङ ।
  • ऐ. ऐ. बस्ने बर्ष १८ को कान्छा गुरुङ ।

(हाल भिरबाट लडी बेपत्ता)

  • जिल्ला गोरखा, चुमनुब्री गा.पा. वडा नं. ३ सिर्दिबास बस्ने बर्ष २४ को सुरेन्द्र गुरुङ ।

थप जानकारीको लागि

प्र.ना.उ. प्रकाश दाहाल

सूचना सम्प्रेषण अधिकृत

सम्पर्क :- ९८५६०६११९०

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.