Gorkha Sansar

पालुङटार ७ मा खाेरेत राेग बिरूद्ध खाेप तथा सचेतना

जेठ २३, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा खाेरेत राेगबिरूद्ध खाेप तथा सचेतना कार्यक्रम सञ्चालन गरिएकाे छ ।

वडाभित्र खाेरेत राेगकाे प्रकाेप बढन नदिने उदेश्यका साथ किसानहरूकाे घर घर पुगेर राेगका बारेमा जानकारी गराउनुका साथै अावश्यक पशुहरूलाइ खाेपसमेत दिइएकाे नगर पशु स्वास्थ्य कार्यालय ठाँटीपाेखरीले जनाएकाे छ । गर पशु स्वास्थ्य कार्यालय ठाँटीपाेखरीका कर्मचारीहरू वडा नं. ७ का करीब ५० घरमा पुगी सेवा दिएकाे र अागामी दिनमा पनि अावश्यक परेमा अरू थप सेवा दिने जनाइएकाे छ ।

अाफ्नाे वडामा अाइ किसानहरूका लागि उपयाेगी कार्यक्रम सञ्चालन गरेकाेमा  पालुङटार नगर पशु सेवा कार्यालय प्रमुख लगायत सम्पुर्ण कर्मचारीहरुलाइ वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएकाे छ। साथै अावश्यक परेका बखत यस्ता अन्य कार्यहरूमा सहकार्य हुने समेत उहाँले बताउनुभयाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.