Gorkha Sansar

लिचीका दाना घाँटीमा अड्किएर एक बालकको मृत्यु

कञ्चनपुर, २०, जेठ । लिचीका दाना घाँटीमा अड्किएर एक बालकको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर ६ महिनाको बालकको मृत्यु भएको हो ।

साँझ लिचीको दाना अड्किएर बालक वीरेन्द्र चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

“खेल्दाखेल्दै लिचीको दाना खाँदा अड्किएर अस्पताल लगिएको थियो”, उहाँले भन्नुभयो, “महाकाली अस्पताल पुग्दापुग्दै चिकित्सकले मृत घोषणा गरेको हो ।” रासस

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.