Gorkha Sansar

तनहुँ उद्योग वाणिज्य संघद्वारा ऑबुखैरेनी गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्री सहयोग ।।

आँबुखैरेनी, १८ जेष्ठ ।                                               तनहुँ उद्योग वाणिज्य संघले ऑबुखैरेनी गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। संघले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान मार्फत् संघले आँबुखैरेनी स्वास्थ्य चौकीका लागि ३ थान अक्सिजन सिलिन्डर सहित विभिन्न स्वास्थ्य सामग्री आज हस्तान्तरण गरेको हो। संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले गाउँपालिका अध्यक्ष गिरबहादुर थापालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। संघले पाँच थान पिपिई, एक थान अक्सिमिटर, १५ थान फेसशिल्ड, ३० थान हेडक्याप, एक थान थर्ममिटर, डस्टबीन लगायतका सामग्री हस्तान्तरण गरेको तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितिका सभापति दिपक कोइरालाले जानकारी दिनुभयो। स्वास्थ्य सामाग्री हस्तान्तरण संघका अध्यक्ष श्रेष्ठले दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र कालीभञ्जन गण (इ) लाई यसअघि नै सहयोग गरिएको बताउनुभयो । यस्तै स्वास्थ्य सामग्री बुझ्दै गाउँपालिकाका अध्यक्ष थापाले कोभिड नियन्त्रणका लागि संघले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । सबैको सामूहिक प्रयासबाट कोभिड नियन्त्रण गर्न सकिने उनको भनाई थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.