Gorkha Sansar

संक्रमितलाई सघाउन शुक्लागण्डकी ८ को उदाहरणीय काम, घर घरमै स्वास्थ्यकर्मीसहित युवा स्वयंसेवक

दुलेगौंडाः कोरोना संक्रमित भेटिने क्रम बढेसँगै अप्ठेरोमा परेकालाई सघाउन भन्दै शुक्लागण्डकी नगरपालिका ८ को सक्रियतामा स्वास्थ्य स्वयंसेवक गठन गरिएको छ । स्वयंसेवकहरुले बिरामी व्यक्तिहरुको अवस्थाबारे जानकारी लिंदै आवश्यक सघाउने वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

‘विज्ञहरु अनि सामाजिक संजालमार्फत आएको सुझावअनुसार १८ जनाको आपतकालिन स्वास्थ स्वयंसेवक गठन गरिएको हो,’ उनले भने ।

उनका अनुसार स्वास्थ्य सहायकसँगै स्टाफ नर्स, अनमी, सिएमए,रेडियोग्राफी, ल्याब असिस्टेन्ट लगाएका कोर्ष पूरा गरेर कोरोनाका कारण घरमा नै रहेका जनशक्तिलाई वडाले आग्रह गरेर परिचालन गरिएको हो ।

उनीहरुलाई चाहिने अक्सिमिटर, थर्मोमिटर, मास्क, सेनिटाईजर, फेस सिल्ड, ग्लोव्स लगायत सामग्री वडाले नै उपलब्ध गराउनेछ ।

वडाले बिएससी नर्सिङ्ग पुरा गरेकी मनिसा ढकाल लम्सालको संयोजकत्वमा चयन गरिएका स्वास्थ्य स्वयंसेवकहरुलाई एक दिने प्रशिक्षण प्रदान गरि कार्यक्षेत्रमा खटाईएको वडाध्यक्ष रेग्मीले जानकारी दिए ।

स्वयंसेवकहरुले उच्च सतर्कताका साथ घरमा नै बिरामीको चेकजाँच गर्ने,कोरोनाको डरले रोग लुकाएर बसेका जनतालाई उचित परामर्शका साथ अस्पतालसम्म पुर्याउन मद्दत गर्ने तथा लक्षण देखिएकाहरुलाई वडासँग समन्वय गरी पीसीआर गर्न सिफारिस गर्ने लगायतका काम गर्नेछन् ।दमाैली न्युज

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.