Gorkha Sansar

विकाश निर्माणको कामहरु समेत रोक्न जिल्ला प्रशासन कार्यालय तनहुँकाे निर्देशन

तनहुँ, ४ जेठ ।

कोभिड सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै जिल्लामा भैरहेको विकाश निर्माणको कामहरु समेत रोक्न जिल्ला प्रशासन कार्यालय तनहुँले निर्देशन दिएको छ। प्रशासनले आज एक सूचना जारी गर्दै सरकारी बाहेकका विकास निर्माणका कामहरु जेठ १५ गतेसम्म स्थगित गर्न निर्देशन दिएको हो।

यद्यपी सरकारीतर्फबाट सञ्चालित योजना तथा आयोजना भने सञ्चालन हुनेछन् । जेठ १५ गतेसम्म निषेधाज्ञा जारी भएकाले सोही समयसम्मका लागि सरकारी बाहेकका निर्माण कार्य रोकिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.