Gorkha Sansar

गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडान, प्रतिमिनेट ८० लिटर अक्सिजन उत्पादन गर्न सकिने

दीपक श्रेष्ठ

गोरखा, २ जेठ । गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम आज सम्पन भएको छ । करिब ४९ लाख रुपैयाका लागतमा अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । भुकम्पले क्षति पु¥याएको अस्पतालको नयाँ भवन निर्माणको काम भइरहेकाले तत्कालका लागि कोरोना संक्रमित बिरामीको उपचार गर्न अक्सिजनको अभाव हुन नदिन अस्थायी पाइपलाइन जडान गरि मेसिन सञ्चालन गर्ने गरि प्लान्ट जडान गरिएको उहाँले बताउनुभयो ।

‘आइसियु बेड सञ्चालनका लागि भवन नभएपनि निर्माणधिन भवनको बन्न लागको क्यान्टिनमा एचडियु बेड जडानको काम भइरहेको छ, उहाँले भन्नुभयो, त्यहाँसम्मका लागि अस्थायी पाइप मार्फत भएपनि बिरामीलाई अक्सिजन दिनसक्ने गरि प्लान्ट सञ्चालन गर्न मेसिन जडान सम्पन्न गरिएको छ ।’ अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट बिरामी भएको बेडमा सिधै अक्सिजन दिन सकिने उहाँले जानकारी दिनुभयो ।

सूचना अधिकारी ढकालले मेसिन जडानको काम सकिएको भएपनि बेडसम्म अस्थायी पाइपलाईन निर्माणका लागि बढीमा दुई दिन अझै लाग्ने जानकारी दिनुभयो । ‘ठेकेदार कम्पनीले नै प्राबिधिक झिकाएर अस्थायी पाइप लाइन निर्माण गर्न लागेको छ, उहाँले भन्नुभयो, मंगलबारसम्ममा पाइपलाइन जडानको काम पनि सकिन्छ भन्नेछ ।’ अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट प्रति मिनेट ८० लिटर ग्याँस उत्पादन गर्न सक्ने प्राबिधिकले जानकारी गराएको सूचना अधिकारी ढकालले बताउनुभयो ।

‘यो मेसिनबाट सिधै पाइपलाइन जडान गरि बिरामी भएको स्थानमा पोर्टहरु राखेर बिरामीलाई अक्सिजन दिन सकिन्छ, उहाँले भन्नुभयो, ‘जडान गरिएको मेसिनले एकै पटकमा बढीमा १० जना बिरामीलाई अक्सिजन दिन सकिन्छ ।’ अक्सिजन प्लान्ट जडान भएपनि अस्पताललाई धेरै सजिलो हुने उहाँले बिश्वास व्यक्त गर्नुभयो । ‘बिरामीलाई कति अक्सिजन आबश्यक पर्छ भन्नेमा भरपर्छ, सूचना अधिकारी ढकालले भन्नुभयो, ‘थोरै अक्सिजन मात्र आबश्यक पर्ने अबस्थामा अझ धेरैलाई पनि एकैपटक दिनसक्ने अबस्था पनि हुन्छ ।’

गण्डकी प्रदेश सरकारले ७५ लाख रुपैया बजेट बिनियोजन गरेको भएपनि मन्त्रालयको तोकेको मापदण्ड भित्र निर्माण गर्ने गरि ठेकेदार कम्पनीले ४९ लाख रुपैयामा टेण्डर पारेको थियो । भुकम्पले क्षति पु¥याएको अस्पताल भवन निर्माण समयमा सम्पन्न नहुदा अक्सिजन प्लान्ट पनि जडानको काम पनि ढिलाई भएको हो । अझैपनि भवन निर्माण सम्पन्न नभएकाले तत्कालका लागि कोरोनाका बिरामीहरुको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन निर्माण गरिएको अस्थायी आइसोलन कक्षमा अस्थायी रुपमै पाइप लाइन जडान गरेर प्लान्ट सञ्चालनमा ल्याउन लागिएको हो ।

‘स्थायी संरचना निर्माण भएपछि स्थायी रुपमा नै जडान गरि सञ्चालन गर्ने भन्ने थियो, उहाँले भन्नुभयो, कोभिडको महामारीका बेला जिल्ला अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने भएकाले अस्थायी रुपमा मात्र भनेपनि सञ्चालन गर्नुपर्छ भनेर मेसिन जडान गरिएको हो ।’ सूचना अधिकारी ढकालले गोरखा अस्पतालमा १२ वटा नयाँ एचडियु बेड जडान गरिएको जानकारी दिनुभयो । ‘तत्कालका लागि अस्पताल भित्र १८ वटा बेड राख्न सकिने अबस्था छ, उहाँले भन्नुभयो, ‘बाँकी काम पनि केही दिनभित्रै सम्पन्न हुन्छ ।’

गोरखा अस्पतालमा केही दिन अघि बेड अभावमा कोभिडका बिरामीहरुलाई बेच्नमा राखेर उपचार गर्नुपरेको समाचार सार्वजनिक भएपनि एचडियु बेड जडानको काम थालिएको हो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.